श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी « Khabarhub

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध सानदार जित निकालेको छ।

बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार राति सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७-० ले गोलअन्तरले पराजित गरेको हो। खेलको निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपालले पहिलो हाफमा पाँच गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो।

नेपालको जितमा मीनाले ह्याट्रिक गरिन्। उनले खेलको आठ, ४२ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। साथै पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरिता नाथले एक/एक गोल गरे।

जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ। समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो। दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ।

खेलको आठौ मिनेटमै नेपालले अग्रता लियो। नेपालको लागि मीनाले सुरुवाती गोल गरिन्। त्यसपछि खेलको १३ औं मिनेटमा समीक्षाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।

खेलको ४२ औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता बढाइन्। त्यसपछि पूर्णिमा एक्लैले पहिलो हाफमा दुई गोल थपिन्।

खेलको ७० औं मिनेटमा मीनाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सरिताले अर्को गोल थपिन्।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ३६ बजे

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान