एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस हुनुहुँदैन : सूर्य थापा « Khabarhub

एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस हुनुहुँदैन : सूर्य थापा


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता सूर्य थापाले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्ने बताएका छन् ।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुप्ताले राजीनामा दिनुको अर्थ यस विषयको गम्भीरता मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको उल्लेख गर्दै विवादास्पद अडियोको आवाजमा को को संलग्न छन् ? अविलम्ब छानबिन गर्नुपर्ने बताएका हुन् ।

दोषी ठहरिएमा कसैले उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै उनले झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू जो कोहीलाई छानबिनको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

उनले भनेका छन्– ‘ती सक्कली हुन् कि नक्कली ? वास्तविक आवाज हो कि प्रविधिको कमाल ? राज्यका अनुसन्धान गर्ने निकायहरूले अविलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिएर छानबिन गरी ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्छ।’

थापाले एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस बन्नु नहुनेमा जोड दिएका छन् ।

उनले भने, ‘विषयको उठान आरोप–प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुन/गर्नका लागि होइन । सुशासनको प्रत्याभूति गर्न हो ।’

कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा ७८ लाख रुपैयाँ घुसको ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले मङ्गलबार राजीनामा दिएका छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ९ : २१ बजे

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका