एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस हुनुहुँदैन : सूर्य थापा « Khabarhub

एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस हुनुहुँदैन : सूर्य थापा


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता सूर्य थापाले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्ने बताएका छन् ।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुप्ताले राजीनामा दिनुको अर्थ यस विषयको गम्भीरता मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको उल्लेख गर्दै विवादास्पद अडियोको आवाजमा को को संलग्न छन् ? अविलम्ब छानबिन गर्नुपर्ने बताएका हुन् ।

दोषी ठहरिएमा कसैले उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै उनले झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू जो कोहीलाई छानबिनको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

उनले भनेका छन्– ‘ती सक्कली हुन् कि नक्कली ? वास्तविक आवाज हो कि प्रविधिको कमाल ? राज्यका अनुसन्धान गर्ने निकायहरूले अविलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिएर छानबिन गरी ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्छ।’

थापाले एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस बन्नु नहुनेमा जोड दिएका छन् ।

उनले भने, ‘विषयको उठान आरोप–प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुन/गर्नका लागि होइन । सुशासनको प्रत्याभूति गर्न हो ।’

कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा ७८ लाख रुपैयाँ घुसको ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले मङ्गलबार राजीनामा दिएका छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ९ : २१ बजे

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा