हराएको २२ दिनपछि मृत भेटिए बाह्विसका पारस « Khabarhub

हराएको २२ दिनपछि मृत भेटिए बाह्विसका पारस


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

धनगढी– बुढीगंगा ८ घर भएका पारस कुँवर हराएको २२ दिनपछि मृत भेटिएका छन् । बुढीगंगा नगरपालिका ८ मोटावाडा घर भएका ३२ वर्षका कुँवर २२ दिनदेखि परिवारको सम्पर्क बाहिर थिए । उनको शव बुढीगंगा नगरपालिका ९ को चुल्ठे लेकमा भेटिएको आफन्तले बताएका छन् ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटना स्थलमा खटिएको छ । प्रहरीका तर्फबाट शव कसको हो, भन्ने यकिन नभएको बताए पनि आफन्तहरूले मृतकले लगाएको जकेट देखेर पहिचान भइसकेको बताएका छन् । 

पारसको हराए लगत्तै मृत्यु भइसकेको हुनसक्ने शवको अवस्था हेरेर देखिएको छ । मासु कुहिएर हड्डी मात्रै रहेको अवस्थामा उनको शव भेटिएको छ । लेकमा गएर त्यतै हराएको र पछि चिसो, भोक र अरु समस्याले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । 

मानसिक रूपमा समस्या रहेका कुँवर त्यो भन्दा अगाडि पनि २ पटक हराएका थिए । सात दिन, आठ दिनको अन्तरालमा त्यो बेला खोजी गरेर ल्याइएको भए पनि यो पटक २२ दिनसम्म खोजिगर्दा पनि आफन्तले फेला पारेका थिएनन् । कर्ण कुँवर छोरा पारसको नै शव भएको आफन्त एलिजा कुँवरले जानकारी दिएकी छन् ।

कर्ण कुँवर र माता कुँवरका २ छोरा र छोरी छन् । ती दुवै मानसिक रूपमा कमजोर छन् । अब भाइ पनि त्यस्तै समस्यामा रहेको आफन्तको भनाई छ । आफन्तले छरछिमेक देखि सबैतिर खोजी गरे, तर कतै नभेटिएपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले शव लिएर पोस्टमार्टमका लागि बाजुरा जिल्ला अस्पताल ल्याउने तयारी गरेका छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ११ : ५६ बजे

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय