साउनलाई डेंगी सचेतना महिना घोषणा गर्दै मन्त्री पौडेलले भने- सरकारी कार्यालयहरू लार्भारहित बनाऔँ « Khabarhub

साउनलाई डेंगी सचेतना महिना घोषणा गर्दै मन्त्री पौडेलले भने- सरकारी कार्यालयहरू लार्भारहित बनाऔँ


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् ।

बुधबार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले लार्भा उत्पादन हुने आधारहरूलाई नष्ट गर्न सरसफाइ अभियान सुरु गर्न आग्रह गरे । साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको सङ्क्रमण उच्च हुने भन्दै यी ४ महिनामा कुनै पनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरू जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरू पुर्न र फालिएका टायरहरू व्यवस्थापन गर्न मन्त्री पौडेलले आग्रह गरेका छन् ।  

सरकारी कार्यालयहरू जोगाउन सके दर्जनौँ मानिसहरूलाई डेंगुबाट जोगाउन सकिने बताउँदै उनले सरकारी कार्यालयहरू सबै लार्भा नष्ट अभियानमा सक्रिय हुनुपर्ने बताए । हरेक शुक्रवार (साउन, भदौ, असोज र कार्तिक महिना) प्रभावकारी रूपमा सरसफाइमा लाग्न आग्रह गरे । 

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणका लागि शुल्क निर्धारण गर्न आवश्यक रहेको बताएका छन् । सकेसम्म निःशुल्क परीक्षणको प्रयत्न गर्ने र नसके निश्चित शुल्क निर्धारण गरिने उनले उल्लेख गरे । सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गर्दै स्थानीय तहहरूसँग मिलेर डेंगीविरुद्ध सचेतना गर्ने बताएको छ। मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुन सक्ने अनुमान पनि गरेको छ । 

सचेतना अभियानको नेतृत्व इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गर्ने जनाइएको छ।
 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १२ : ४९ बजे

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका