साउनलाई डेंगी सचेतना महिना घोषणा गर्दै मन्त्री पौडेलले भने- सरकारी कार्यालयहरू लार्भारहित बनाऔँ « Khabarhub

साउनलाई डेंगी सचेतना महिना घोषणा गर्दै मन्त्री पौडेलले भने- सरकारी कार्यालयहरू लार्भारहित बनाऔँ


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् ।

बुधबार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले लार्भा उत्पादन हुने आधारहरूलाई नष्ट गर्न सरसफाइ अभियान सुरु गर्न आग्रह गरे । साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको सङ्क्रमण उच्च हुने भन्दै यी ४ महिनामा कुनै पनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरू जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरू पुर्न र फालिएका टायरहरू व्यवस्थापन गर्न मन्त्री पौडेलले आग्रह गरेका छन् ।  

सरकारी कार्यालयहरू जोगाउन सके दर्जनौँ मानिसहरूलाई डेंगुबाट जोगाउन सकिने बताउँदै उनले सरकारी कार्यालयहरू सबै लार्भा नष्ट अभियानमा सक्रिय हुनुपर्ने बताए । हरेक शुक्रवार (साउन, भदौ, असोज र कार्तिक महिना) प्रभावकारी रूपमा सरसफाइमा लाग्न आग्रह गरे । 

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणका लागि शुल्क निर्धारण गर्न आवश्यक रहेको बताएका छन् । सकेसम्म निःशुल्क परीक्षणको प्रयत्न गर्ने र नसके निश्चित शुल्क निर्धारण गरिने उनले उल्लेख गरे । सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गर्दै स्थानीय तहहरूसँग मिलेर डेंगीविरुद्ध सचेतना गर्ने बताएको छ। मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुन सक्ने अनुमान पनि गरेको छ । 

सचेतना अभियानको नेतृत्व इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गर्ने जनाइएको छ।
 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १२ : ४९ बजे

राप्रपाले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा