लिम्बुवानी दस्ताबेज ‘याक्थुङ साप्मुन्धुम’ हङकङमा लोकार्पण « Khabarhub

लिम्बुवानी दस्ताबेज ‘याक्थुङ साप्मुन्धुम’ हङकङमा लोकार्पण


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सुनसरी– याक्थुङ लिम्बू इतिहासकार लीलाबहादुर तुम्बाहाङ्फेद्वारा लिखित ‘याक्थुङ साप्मुन्धुम’ को हङकङमा लोकार्पण गरिएको छ ।

हङकङको राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार टङ्क रानाको विशेष संयोजनमा हङकङ–मकाउ सारका नेपाली महावाणिज्यदूत विन्देश्वरप्रसाद लेखकको प्रमुख उपस्थितिमा तुम्बाहाम्फेको कृति याक्थुङ साप्मुन्धुम लोकापर्ण भएको हो ।

हङकङमै बस्दै आएका पुस्तककी प्रकाशक छोरी भावना तुम्बाहाङफे र ज्वाइँ पासाङ नाम्ग्यालको अनुरोधमा इतिहासकार लीलाबहादुर यसै साता हङकङ पुगेको अवसरमा हङकङबासी नेपाली समुदायका लागि ‘याक्थुङ साप्मुन्धुम’ को लोकार्पण गरिएको हो ।

तुम्बाहाङ्फे सयङ हङकङको आयोजनामा सम्पन्न लोकापर्ण समारोहमा ८७ वर्षीय इतिहासकार तुम्बाहाम्फेले पुस्तक लेखनको सन्दर्भमा आफ्ना केही धारणा राखेका थिए । उनले उक्त पुस्तक लेख्नमा थुप्रै कुराहरू भए पनि इटालीका विद्वान ज्यूसब मेजिनीको जीवनी र उनको प्रेरणाबाट प्रभावित भएर याक्थुङ साप्मुन्धुम तयार पारेको बताए ।

‘संसारका कुनै पनि जाति वा समुदायलाई समाप्त गर्नको निमित्त मारिरहनु पर्दैन । उनीहरूको भाषा, धर्म, संस्कार–संस्कृति र इतिहास नष्ट गरिदिए पुग्छ ।’ भन्ने मेजिनीको भनाइबाट प्रेरणा लिएर लिम्बुवानी इतिहास खोज, अनुसन्धान र सङ्कलन सुरु गरेर पुस्तक तयार गरेको तुम्बाहाम्फेले बताए ।

त्रिचन्द्र कलेजबाट इतिहास विषयमै स्नातकोत्तर गरेका तुम्बाहाङ्फे लामोसमय तेह्रथुमको मेयङ्लुङस्थित सिंहबाहिनी माविमा प्रधानध्यापक भएर अवकास लिएका थिए । डी.बी.आङबुङले सम्पादन गरेको दुई खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा ५७ वटा सरकारी अभिलेखहरू र तिनका व्याख्या छन् । दोस्रो खण्डमा ३३ वटा तमसुक र स्थानीय अभिलेखहरूका बारेमा व्याख्या गरिएका छन् ।

इतिहासकार अध्येयता तुम्बाहाङ्फेले पुस्तकमा वि.सं. १८१८ माघ १० गते यताका ९० थान ऐतिहासिक दस्तावेज समावेश गरेका छन् ।

लोकापर्ण संयोजक हङकङको राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार टङ्क रानाले इतिहास कसैको पनि मेटिनु हुँदैन भन्ने उदेश्यले वयोवृद्ध इतिहासकार तुम्बाहाङ्फेले ऐतिहासिक कृति नयाँ पुस्तालाई हस्तान्तरण गरेको बताए ।

उनले भने, ‘सबैको आफ्नै इतिहास हुन्छ । दस्ताबेजीकरण गरेर राखेमा भाविपुस्ताले आफ्नो बारेमा मात्र होइन अर्काको बारेमा पनि थाहा पाउने छन् । सही इतिहासले समाजमा ‘हार्मोनी’ कायम राख्न मदत गर्छ ।’

तुम्बाहाङ्फे सयङका अध्यक्ष सञ्जय तुम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि विन्देश्वरप्रसाद लेखकले अध्ययन र लेखनको निम्ति उमेरले नछेक्ने उदाहरणका रूपमा वयोवृद्ध लेखक लीलाबहादुर तुम्बाहाङ्फे सबैका लागि प्रेरणादायी व्यक्तित्व भएको बताए ।

पुस्तक लोकापर्ण समारोहमा याउ चिं मोङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, हङकङ नेपाली महासङ्घकी अध्यक्ष रीता गुरुङ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शशिमदन राई, हङकङ साहित्यिक साझा शृङ्खलाकी संयोजक जुनू राना, कृति चिल्ड्रेन सेन्टरकी निर्देशक पूष्पा गुरुङ (गुरुआमा), मुन्धुम अध्ययन प्रतिष्ठानका प्रमुख तथा अग्रज साहित्यकार भूपेन्द्र चेम्जोङ, आयोजक संस्था सयङका सल्लाहकार शमशेर तुम्बाहाङ्फेलगायतको उपस्थिति थियो ।

पूर्वको याक्थुङ लिम्बू समुदायको इतिहासप्रति जिज्ञासा राख्दै स्वयम् इतिहास अध्येता तुम्बाहाङ्फेसँग साक्षात्कार गर्न नेपाल चेम्बर अफ कमर्स हङकङका सल्लाहकार तथा व्यवसायी दासुराम पराजुली, लिङ्मा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडका डाइरेक्टर माया थुलुङ राई, गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय समितिकी महिला सचिव टीका गुरुङ, गैरआवासीय नेपाली सङ्घ हङकङकी उपाध्यक्ष अनु राई, तामाङ घेदुङ सङ्घकी अध्यक्ष अनिता पाख्रिन, एकीकृत नेपाली समाज (हिन्स) का डाइरेक्टर विनय शाह, नेपाली जनसम्पर्क समिति हङकङका अध्यक्ष शैलेन्द्रसिंह बोगटी, उपाध्यक्ष ताहिर खान, सल्लाहकार वसन्त श्रीनेत, मिन गुरुङ, सन्तोष घले, देवराजन गुरुङ, नेपाली जनसम्पर्क समिति हङकङका पदाधिकारीहरू, धरान–१७ समाजका अध्यक्ष मधुकुमार चाम्लिङ, याक्थुङ आर्टिस्ट सोसाइटीका श्याम इङ्नाम, याक्थुङ चुम्लुङका पूर्वाध्यक्ष असली वनेम, लिम्बू समुदायका व्यक्तित्व, नेपाल एयरलाइन्स हङकङका स्टेसन म्यानेजर विजय अधिकारी, व्यवसायी प्रवीण काङमाङ, लेखक कमल पौडेल, साहित्यकार तथा सञ्चारकर्मी टङ्क सम्बाहाम्फे, प्रदीप कन्दङवा, आख्यानकार दाजु गुरुङ, भविन लिम्बू, लेखिका बालिका बान्तवालगायतको बाक्लो उपस्थिति थियो ।

लोकापर्ण समारोहलाई चलचित्र निर्देशक तथा कलाकार मौसम ईम्बुङ लिम्बू (फुलन्देको बाउ) ले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  २ : ३८ बजे

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक