लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण « Khabarhub

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्द– म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्रावास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको जानकारी दिए । 

‘तीव्र रूपमा बजार विस्तार भएको गाउँपालिकाको केन्द्र बाबियाचौरमा खुला ठाउँको अभावका कारण खेलमैदान नहुँदा खेलाडीलाई समस्या भएको थियो’, उनले भने, ‘नजिकैको लाम्पाटामा खेलमैदान बनेपछि क्याम्पसका विद्यार्थीका साथै खेलाडीलाई पनि सहज भएको छ ।’

क्याम्पसको छात्रावास भवन निर्माणका क्रममा पछाडिको भागमा गत वर्ष पक्की पर्खाल निर्माण गरेर पाखोको जग्गा उकास गरिएको थियो । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट पाखो सम्याएर खेलमैदान तयार पारिएको हो । 

गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख रुचेन्द्र अधिकारीले उक्त खेल मैदानको लम्बाइ ७५ मिटर र चौडाइ ३८ देखि ४० मिटर रहेको जानकारी दिए । नयाँ खेलमैदानमा बिहीबारदेखि गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन भएको छ । 

क्याम्पसको पूर्वाधारको अवस्थाका विषयमा समुदायस्तरमा प्रचारप्रसार गर्न सहयोग पुगोस् भनेर नयाँ खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । खेलमैदानको कुनातर्फ प्याराफिट, छेउमा मञ्च र डिलतर्फ तारबार लगाएर व्यवस्थित बनाइने उनले जानकारी दिए । 
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : १९ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर