प्लाष्टिक सर्जरीमा न्यून जनशक्ति, क्यान्सरदेखि जलनसम्मका बिरामी प्रभावित | Khabarhub Khabarhub

प्लाष्टिक सर्जरीमा न्यून जनशक्ति, क्यान्सरदेखि जलनसम्मका बिरामी प्रभावित


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

सौन्दर्यका लागि मात्रै नभई शल्यक्रिया गर्नुपर्ने धेरै किसिमका जटिल रोगको उपचारपछि चाहिने प्लाष्टिक सर्जरीको लागि जनशक्ति अभाव भएको सरोकारवालाहरूले बताएका छन । 

मंगलबार नेपाल प्लास्टिक शल्यचिकित्सक संघले गरेको अन्तरक्रियामा संघका अध्यक्षसमेत रहेका वरिष्ठ प्लास्टिक सर्जन डा. शङ्करमान राईले एमबीबीएस, एमएस, त्यसपछि जनरल सर्जरी गरिसकेपछि मात्रै प्लाष्टिक सर्जरीको विज्ञता हासिल गर्न पाइने लामो प्रक्रियाका कारण चिकित्सकहरूको यसतर्फ आकर्षण कम भएको बताए । 

एमबीबीएस गरेपछि सीधै प्लास्टिक सर्जरी अध्यापन गराएर वा एमडीजीपी चिकित्सकलाई एक वर्षे विशेष तालिम दिएर जनशक्ति अभावलाई पूर्ति गर्न सकिने उनको भनाइ छ । 

‘एमडीजीपी डाक्टरलाई एक वर्षे तालिम दिएर उपचार गर्न दिने व्यवस्था गरे ग्रामीण क्षेत्रमा धेरै राहत हुन्थ्यो’, उनले भने । 

संघका अनुसार हाल काम गरिरहेका र पढिरहेका गरी नेपालमा जम्मा ५० जना प्लास्टिक सर्जन रहेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा वार्षिक ३ जना र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २ जना गरी ५ जना प्लास्टिक सर्जन उत्पादन गर्ने क्षमता छ। तर त्यही सिट पनि वर्षेनी खाली हुने गरेको छ । 

त्यस्तै सरकारी दरबन्दी कम हुँदा प्लाष्टिक सर्जरीमा अरुचि बढेको वीर अस्पतालका प्लास्टिक सर्जन डा. पशुपतिबाबु पोखरेलले बताए । उनका अनुसार ९ औँ तहमा ४ र ११ औँ तहमा २ वटा मात्रै सरकारी दरबन्दी छ ।

 कस्तो अवस्थामा चाहिन्छ प्लाष्टिक सर्जरी ?

क्यान्सरका बिरामी

प्लाष्टिक सर्जरी अनुहार मिलाउने बोसो घटाएर दुब्लो बनाउने देखि लिएर जटिल रोगको शल्यक्रियापछि चाहिने विज्ञहरू बताउँछन । त्रिवि शिक्षण अस्पतालका प्लाष्टिक सर्जन डा. समित शर्माले शरीरका विभिन्न भागहरूको ट्युमर निकालिसकेपछि उक्त प्वाल टाल्न प्लाष्टिक सर्जरी आवश्यक भएको बताए । टाउको, ढाड, खुट्टा तथा अनुहारमा भएको टयुमर निकालिसकेपछि आफूले गरेको प्लाष्टिक सर्जरीको अनुभव सुनाउँदै डा. सुमितले भने–‘उक्त अंगलाई पहिलेकै अवस्थामा ल्याउन नसकेपनि बिरामीको जीवनयापनलाई सहज बनाउन सकिन्छ ।’

जन्मजात समस्याग्रस्त

त्यस्तै कीर्तिपुर अस्पतालका प्लाष्टिक सर्जन डा. विशाल कार्कीले जन्मजात देखिने समस्या जस्तै तालु फाटेको, ओठ काटिएको जस्ता समस्या प्लाष्टिक सर्जरीबाट मिलाउन सकिने बताए । कीर्तिपुर अस्पतालमा मात्र यस्तो समस्या भएका २५ हजार बढी बालबालिकाको शल्यक्रिया गरेको उनले बताए । डा. कार्कीका अनुसार जन्मजात देखिने यस्तो समस्याको कीर्तिपुर अस्पतालले निशुल्क उपचार गर्ने गरेको छ। 

जलनका बिरामी 

नेपालमा बर्सेनि ५५ हजारदेखि ६० हजार जलनको घटना हुने गरेको अनुमान गरिएको छ । जलनकै कारण वर्षेनी २ हजारको मृत्यु हुने गरेको तथ्यांक छ । जलनका बिरामीमध्ये १० प्रतिशत बिरामी अस्पताल भर्ना गर्नुपर्ने खालका हुन्छन । त्यस्ता बिरामीलाई प्लाष्टिक सर्जरीको आवश्यकता हुने डा. राईले बताए ।

 डा.राइले भन्छन्– ‘बिगतका दिनहरूमा जलनको पीडा थाहा नपाएको सरकारले नेपाली काँगेसका नेता तथा सांसद चन्द्र भण्डारीको घटनापछि चासो देखाउन थालेको छ’

ट्रमा उपचार 
मेरुदण्ड, हातको बुढी औँला, खुटटा, लगायत शरीरका सम्पूर्ण अंगको चोटपटकमा प्लाष्टिक सर्जरी आवश्यक हुने डा. अनुराग सिंह थापाले बताए । 

 नेपालमा प्लाष्टिक सर्जरीको इतिहास

नेपालमा १९८८ मा वीर अस्पतालमा जलनका बिरामीको उपचार शुरु गरिएकोमा त्यसको २ वर्षपछि छुट्टै जलनको वार्ड स्थापना भएको थियो । 

त्यसबेलादेखि नै प्लाष्टिक सर्जरीको पनि केही मात्रामा सुरुवात भएको मानिन्छ । डा. केशवदास जोशीले नेपालमा पहिलो पटक जलनको उपचार गरेका थिए । त्यसपछि सन २०१२ देखि त्रिवि शिक्षण अस्पताल र सन २०१३ देखि वीर अस्पतालले प्लाष्टिक सर्जरी विषयमा पढाई शुरु गरेको डा. पियुष दाहालले जानकारी दिए । 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  २ : ५३ बजे

एमालेमा दुई विकेट पतन ! ओली सरकारको ‘भिजिबिलिटी’मा समस्या

गत साल बनेको ओली सरकारको टिम, जसमा केही मन्त्रीहरु हेरफेर

अफगानिस्तानमा सडक दुर्घटना : ११ जनाको मृत्यु, चार घाइते

एजेनसी – दक्षिण अफगानिस्तानको हेलमण्ड प्रान्तमा राजमार्ग दुर्घटनामा कम्तीमा ११

गुप्ताको राजीनामालगत्तै मन्त्री अधिकारीले पनि ३२ लाख घुस लिएको आरोप, बाहिरियो अडियो

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को