चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख पारित « Khabarhub

चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख पारित


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ ।  

नगरसभाको १६ ‍औँ अधिवेशनले चालु खर्चतर्फ एक अर्ब २२ करोड ७८ लाख रुपैयाँ र पुँजीगत खर्च एक अर्ब ७० करोड ६८ लाख रुपैयाँ रहेको छ । सभामा नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

नगरप्रमुख घनश्याम गिरी बहुमतबाट आव २०८२ /८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे ।  

उनले बजेट कार्यान्वयनमुखी रहेको स्पष्ट पार्दै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वान समेत गरे। 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  २ : ४३ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख