एक वर्षे कार्यकाल सन्तोषजनक रह्यो : वनमन्त्री शाही « Khabarhub

एक वर्षे कार्यकाल सन्तोषजनक रह्यो : वनमन्त्री शाही


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका छन् । 

आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री र पार्टीको सहयोगमा आफूले सहज रूपमा काम गर्न पाएको भन्दै एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका हुन् ।

आफ्नो कार्यकालमा महत्त्वपूर्ण चार वटा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको उनले बताए । त्यस्तै उनले सन २०२० सम्म ४५ दशमलव ३१ प्रतिशत रहेका वन क्षेत्र सरकार र समुदायद्वारा संरक्षण तथा व्यवस्थापन गरी ४६ दशमलव ०८ प्रतिशत पुगेको उल्लेख गरे ।

 त्यस्तै गत आर्थिक वर्ष ३ करोड क्युफिट उत्पादन भएको काठ चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ३ करोड ३५ लाख क्युफिट उत्पादन भएको उनले बताए । 

उनले काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनको लागि समेत केन्द्रित भएको धारणा राखे । 

त्यस्तै मन्त्री ठकुरीले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका सन्दर्भमा समेत प्रभावकारी ढंगले काम भइरहेको उल्लेख गरे । त्यस्तै उनले मन्त्रालयको बजेट संघीयता कार्यान्वयन भएपछि कै बढी १८ दशमलव ५ प्रतिशतले वृद्धि भएको बताए । 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : ११ बजे

एकैदिन तोलामा १० हजार बढीले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा

रुस-आसियान साझेदारी थप मजबुत

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने

शुक्लाफाँटामा तीन सयभन्दा बढी कृष्णसार, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु