एक वर्षे कार्यकाल सन्तोषजनक रह्यो : वनमन्त्री शाही « Khabarhub

एक वर्षे कार्यकाल सन्तोषजनक रह्यो : वनमन्त्री शाही


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका छन् । 

आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री र पार्टीको सहयोगमा आफूले सहज रूपमा काम गर्न पाएको भन्दै एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका हुन् ।

आफ्नो कार्यकालमा महत्त्वपूर्ण चार वटा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको उनले बताए । त्यस्तै उनले सन २०२० सम्म ४५ दशमलव ३१ प्रतिशत रहेका वन क्षेत्र सरकार र समुदायद्वारा संरक्षण तथा व्यवस्थापन गरी ४६ दशमलव ०८ प्रतिशत पुगेको उल्लेख गरे ।

 त्यस्तै गत आर्थिक वर्ष ३ करोड क्युफिट उत्पादन भएको काठ चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ३ करोड ३५ लाख क्युफिट उत्पादन भएको उनले बताए । 

उनले काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनको लागि समेत केन्द्रित भएको धारणा राखे । 

त्यस्तै मन्त्री ठकुरीले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका सन्दर्भमा समेत प्रभावकारी ढंगले काम भइरहेको उल्लेख गरे । त्यस्तै उनले मन्त्रालयको बजेट संघीयता कार्यान्वयन भएपछि कै बढी १८ दशमलव ५ प्रतिशतले वृद्धि भएको बताए । 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : ११ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल