धनगढी– सामाजिक सुरक्षाको महत्त्वपूर्ण अङ्गको रूपमा रहेको स्वास्थ्य बीमा कार्यक्रम डोटी जिल्लामा अपेक्षाकृत रूपमा कमजोर देखिएको छ ।
२०७८ को जनगणनाअनुसार, जिल्लाको दुई लाख चार हजार आठ सय ३१ जनसंख्यामध्ये केवल ११ दशमलव ६८ प्रतिशत, अर्थात् २३ हजार नौ सय १५ जना मात्र स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् ।
स्वास्थ्य कार्यालय डोटीले पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरेको तथ्यांकअनुसार, जिल्लामा ९ हजार २ सय ५५ घरपरिवारले स्वास्थ्य बिमा गरेका छन् । सुदूरपश्चिम प्रदेशमा औसत बिमा सहभागिता २२ प्रतिशत रहेको पाइएको छ, तर डोटीमा यो झन्डै आधा मात्र छ ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा २,३८१ जनाले नयाँ स्वास्थ्य बिमा गरेका थिए भने २०७८८२ मा त्यो संख्या घटेर १,५०३ मा झरेको छ ।
डोटी जिल्लामा ११ दशमलव ६८ प्रतिशत जनसंख्या मात्रै स्वास्थ्य बिमाको सहज पहुँच पुगेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको जनसंख्या दुई लाख चार हजार आठ सय ३१ रहेकोमा २३ हजार नौ सय १५ जनाले मात्रै स्वास्थ्य बिमा गरेको पाइएको छ । स्वास्थ्य कार्यालय डोटीले आज पत्रकारसँगको अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बीमा गर्नेको जनसङ्ख्या २२ प्रतिशत रहेको छ । जिल्लामा स्वास्थ्य बीमा गर्ने घरपरिवारको सङ्ख्या नौ हजार दुई सय ५५ रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा दुई हजार तीन सय ८१ जनाले नयाँ स्वास्थ्य बीमा गरेकोमा आव २०८१/८२ मा एक हजार पाँच सय तीन जना मात्र स्वास्थ्य बीमामा सहभागी भएका छन् ।
जिल्लामा सबैभन्दा बढी स्वास्थ्य बीमा गर्नेको सङ्ख्या दिपायल सिलगढी नगरपालिकामा र सबै भन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा रहेको छ ।
दिपायल सिलगढी नगरपालिकाका दुई हजार सात सय ८१ घरपरिवारका आठ हजार सात सय एकजना स्वास्थ्य बीमाको पहुँचमा पुगेको पाइएको छ भने बोगटान फुड्सिल गाउँपालिकाका ५९ घरपरिवारका दुई सय ३८ जनाले मात्रै स्वास्थ्य बीमा गरेका छन् ।
त्यस्तै शिखर नगरपालिकाका एक हजार सात सय ३३ घरपरिवारका तीन हजार आठ सय २५ जना, बडिकेदार गाउँपालिकाका छ सय ६३ घरपरिवारका दुई हजार दुई सय ३८ जना, केआई सिंह गाउँपालिका नौ सय तीन घरपरिवारका दुई हजार ३९ जना र पूर्वी चौकी गाउँपालिकाका नौ सय ८७ घरपरिवारका एक हजार आठ सय आठ जनाले स्वास्थ्य बीमा गरेका छन् ।
सायल गाउँपालिकाका छ सय ४८ घरपरिवारका एक हजार सात सय ९४ जना, जोरायल गाउँपालिकाका छ सय ५९ घरपरिवारका एक हजार छ सय ९८ जना र आदर्श गाउँपालिकाका आठ सय २२ घरपरिवारका एक हजार पाँच सय ७४ जनाले स्वास्थ्य बीमा गरेका छन् ।
नेपाल सरकारले सबै नागरिकको स्वास्थ्यमा सहजपहुँच पुर्याउने उद्देश्यले सामाजिक सुरक्षाअन्तर्गत २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । नागरिकको स्वास्थ्य उपचारमा लाग्ने खर्च न्यूनीकरण गर्न सरकारले देशभर स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा स्वास्थ्य बीमा २०७६ सालदेखि लागू भएकोमा २०७७ सालदेखि कार्यान्वयनमा आएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लामा पनि न्यून जससंख्या मात्रै स्वास्थ्य बीमामा जोडिएको छ ।
प्रतिक्रिया