कतारको दोहामा सलमान खानले लाइभ प्रस्तुति दिँदै | Khabarhub Khabarhub

कतारको दोहामा सलमान खानले लाइभ प्रस्तुति दिँदै


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका सुपरस्टार सलमान खानले फेरि एकपटक आफ्नो लाइभ प्रस्तुति मार्फत विश्वभरका दर्शकलाई मोहित बनाउन तयारी गरेका छन्।

‘द-ब्याङ : द टुर रिलोडेड’ नामक भव्य शो आगामी सन् २०२५ नोभेम्बर १४ मा कतारको दोहास्थित एसियन टाउन एम्फिथियटरमा आयोजना हुने भएको छ। यो बहुप्रतीक्षित कार्यक्रममा बलिउडको जोश, ग्ल्यामर र संगीतको धमाकेदार संयोजन प्रस्तुत गरिनेछ।

सलमान खानले आफैँले इन्स्टाग्राममार्फत कार्यक्रमको घोषणा गर्दै लेखेका छन् ‘कतार, तयार हुनुहोस्, १४ नोभेम्बर २०२५ मा ‘द-ब्याङ : द टुर रिलोडेड’ का लागि!’

उनको यो घोषणा लगत्तै सामाजिक सञ्जालमा उत्साहको लहर फैलिएको छ। फ्यानहरूले काउन्टडाउन सुरु गर्दै सलमानको लाइभ प्रस्तुति हेर्ने आकांक्षा व्यक्त गरेका छन्।

कार्यक्रम पीस होम्स डेभलपमेन्टको आयोजनामा र सोहेल खान इन्टरटेन्मेन्ट तथा जेए इभेन्ट्स एलएलपीको सहकार्यमा सम्पन्न हुँदैछ। यस भव्य शोमा बलिउडका चर्चित कलाकारहरू – सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डिस, तमन्ना भाटिया, प्रभु देवा, मनीष पॉल, सुनील ग्रोभर र स्टेबिन बेन – सहभागी हुने पुष्टि गरिएको छ।

कार्यक्रममा सलमान खानका सुपरहिट गीतहरूमा उनका ऊर्जामय नृत्य प्रदर्शन, लाइभ संगीत, र चमकदार कोरियोग्राफीको संगम हुनेछ। दर्शकहरूले बलिउडको वास्तविक स्वाद र झिलिमिली मनोरञ्जनको अनुभूति एकै स्थानमा गर्न पाउनेछन्।

विशेष आकर्षणको रूपमा, प्रभु देवाको दिग्गज कोरियोग्राफीले कार्यक्रममा विशेष ऊर्जा थप्नेछ। उत्कृष्ट नृत्य, चम्किलो मञ्च सजावट, बत्तीको खेल र संगीतको तालले यो साँझलाई अझ अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ।

बलिउडको भव्यता र स्टार पावरले भरिएको ‘द-ब्याङस् द टुर रिलोडेड’ कतारका दर्शकका लागि वर्षको सबैभन्दा रोमाञ्चक सांगीतिक–मनोरञ्जनात्मक रात हुने अनुमान गरिएको छ।

 मुख्य आकर्षणहरू
–    सलमान खानको लाइभ प्रदर्शन र उनका लोकप्रिय गीतहरू
–    सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डिस र तमन्ना भाटियाको ग्ल्यामरस प्रस्तुति
–   प्रभु देवाको बेजोड कोरियोग्राफी
–    मनीष पॉल र सुनील ग्रोभरको हास्य मनोरञ्जन 
–   स्टेबिन बेनको लाइभ संगीत

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १२ : ४२ बजे

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले