असारे मैझारोमा १५ प्रतिशतले बढ्यो सरकारको खर्च, ३१ दिनमा दुई खर्ब ४० अर्ब सकियो « Khabarhub

असारे मैझारोमा १५ प्रतिशतले बढ्यो सरकारको खर्च, ३१ दिनमा दुई खर्ब ४० अर्ब सकियो


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विगतका वर्षहरूमा झैँ असार महिनामा अधिक खर्च गर्ने प्रवृत्ति यस पटक पनि कायमै राखेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले असार महिनाको ३१ दिनमा मात्रै दुई खर्ब ४० अर्ब ६८ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ । 

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १२ खर्ब ८२ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ खर्च गरेको सरकारले असार महिनाको ३१ गतेसम्म १५ खर्ब २३ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ पुर्‍याएको छ । 

११ महिनामा दैनिक औसत तीन अर्ब ८८ करोड ७७ लाख १० हजार रुपैयाँ खर्च गरेको सरकारले असार महिनामा भने दैनिक औसत सात अर्ब ७६ करोड ४० लाख नौ हजार ६ सय ६७ रुपैयाँ ४१ पैसा खर्च गरेको छ । 

असार महिनामा मात्रै ३५ प्रतिशत बढी पुँजीगत खर्च

सरकारले चालु आर्थिक वर्षमा सुरुवाती बजेटमार्फत तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । असार ३१ गतेसम्म सरकारले यस्तो खर्च दुई खर्ब २२ अर्ब ६९ करोड २८ लाख रुपैयाँ अर्थात् सुरुवाती लक्ष्यको ६२.२ प्रतिशत खर्च गरेको छ ।

जसमध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात् असार महिनाको ३१ दिनमा मात्रै ७९ अर्ब ३० करोड ४० लाख रुपैयाँ खर्च भएको छ । जुन कुल पुँजीगत खर्चको ३५.६१ प्रतिशत हो ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षको असार ३१ गतेसम्म चालु खर्च नौ खर्ब ८० अर्ब ८९ करोड ३४ लाख अर्थात् चालु आर्थिक वर्षको सुरु बजेट लक्ष्यको ८५.९९ प्रतिशत खर्च गरेको छ । कुल चालु खर्च मध्ये असार महिनामा मात्रै एक खर्ब २९ अर्ब ३१ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ । जुन जम्मा चालु खर्च मध्येको १३.१८ प्रतिशत हो ।

चालु खर्च शीर्षका सरकारले गर्ने खर्च पनि असार महिनाको ३१ दिनमा सबैभन्दा धेरै भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । जसले सरकार तालिम, गोष्ठी, सेमिनार कार्यालय सामग्री खरिदमा पनि गुणस्तर कायम गर्ने दिशातर्फ छैन भन्ने देखाएको छ ।

असार ३१ गतेसम्म सरकारले वित्तीय व्यवस्थापन खर्च तीन खर्ब २० अर्ब चार करोड २४ लाख अर्थात् सुरुवाती बजेट लक्ष्यको ८७.१४ प्रतिशत खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षमा यस्तो खर्च तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो ।

सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये असार ३१ गतेसम्म ८१.९ प्रतिशत खर्च अर्थात् १५ खर्ब २३ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ ।

तर, सरकारले चालु आर्थिक वर्षको सुरुवाती बजेटमार्फत चालु आर्थिक वर्षमा ऋण बाहेक १४ खर्ब ७१ ६१ करोड ९५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । जसमध्ये असार ३० गतेसम्म लक्ष्यको ७८.६ प्रतिशत अर्थात् ११ खर्ब ५६ अर्ब ६९ करोड ६ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : ४४ बजे

चुनावी अभियान लिएर चैनपुर पुगे कुलमान : मतदाताका समस्या सुन्दै उम्मेदवार घनश्याम राई

चैनपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी प्रचारप्रसारका

फागुपर्व सुरु, बसन्तपुरमा चीर ठड्याइयो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । मङ्गलबार बिहान

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी

उमेरले होइन, सोचले युवा हुनुपर्छ: कांग्रेस नेता चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले युवा र वृद्धको

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

बैतडी– यही फागुन २१ गते हुने निर्वाचन सुरक्षाका लागि भर्ना