भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार « Khabarhub

भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

राजविराज– कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुशल उद्धार गरिएको छ । 

भारत गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कंकाल्नी नगरपालिकाका पाँच जना मजदुरको उद्धार गरी उनीहरूलाई परिवारसमक्ष जिम्मा लगाइएको हो ।   
 
तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवका अनुसार काम लगाउने ठेकेदारले कुटपिटसहित मानसिक तथा शारीरिक यातना दिनेगरेको र सम्झौताअनुसारको पारिश्रमिक दिनुको सट्टा कार्यक्षेत्रमा डरधम्की देखाई श्रम शोषणमा परेका तिरहुतका–४ का ६० वर्षीय सकलदेव सदा र हनुमाननगर कङ्कालिनी–८ का २८ वर्षीय चन्दन खङ्ग एवं शैलेन्द्र सदासहित पाँच जनालाई सकुशल उद्धार गरिएको हो ।
 
अध्यक्ष यादवले पीडित मजदुरहरूको उद्धार गरी नेपालसम्म ल्याउने काममा सञ्चारकर्मीसमेत रहेका साइबर सुरक्षा विश्लेषक कुमार अभिनवको सक्रियता तथा नेपाल राष्ट्रिय मुसहर सङ्घको सहयोग र समन्वयमा उनीहरूलाई उद्धार गरिएको स्पष्ट गरे ।  
 
नेपाल राष्ट्रिय मुसहर सङ्घ सप्तरीका अध्यक्ष शिवदेव सदाले गुजरातस्थित जोहरापुराका स्थानीय अधिकारी र सप्तरी तिरहुत गाउँपालिकाका अध्यक्ष यादवको विशेष सहयोग र समन्वयसहित सञ्चारकर्मी एवं इञ्जिनियर अभिनवको सक्रियतामा पाँच नेपाली मजदुरलाई नेपाल ल्याउन सफल भएको बताए । 
 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : ३६ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय