रुससँग व्यापार नरोके भारतलाई १०० प्रतिशत ट्यारिफ लगाउने नाटोको चेतावनी | Khabarhub Khabarhub

रुससँग व्यापार नरोके भारतलाई १०० प्रतिशत ट्यारिफ लगाउने नाटोको चेतावनी


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले भारतमाथि १०० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएको छ ।

नाटो महासचिव मार्क रुटेले भारत, चीन र ब्राजिललाई चेतावनी दिँदै यस्तो बताएका हुन् । यदि यी देशहरूले रूससँग व्यापार जारी राखेमा उनीहरूलाई १०० प्रतिशत ट्यारिफसहितका अन्य ‘सेकेन्डरी प्रतिबन्ध’प्रतिबन्ध पनि लगाउने चेतवानी उनले दिएका छन् ।

रुटेले अमेरिकी सिनेटरहरूसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यदि तपाईं भारतका प्रधानमन्त्री, चीनका राष्ट्रपति वा ब्राजिलका राष्ट्रपति हुनुहुन्छ भने तपाईंले बुझ्नुपर्छ—रुससँग व्यापार गर्नुको गम्भीर मूल्य चुकाउनुपर्नेछ।’

रुटेले तीनै देशहरूलाई युक्रेनविरुद्धको युद्ध रोक्नका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब दिन आग्रह गरेका छन् । यी देशहरूको दबाबले पुटिन शान्ति वार्तामा गम्भीर बन्ने उनको अनुमान छ । यदि यस्तो नभए ती देशहरूमा अमेरिकी शैलीका कडा प्रतिबन्ध लगाउने चेतावनी उनले दिए।

रूसले के भन्यो ?

नाटोको यो धम्कीबारेमा रूसले पनि जवाफ दिएको छ । रुसी उप-विदेश मन्त्री सर्गेई रियाबकोभले नाटो र अमेरिकाको चेतावनीलाई अस्वीकार गरिदिएका छन् । ‘रुस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार छ, तर यस्तो धम्की हामी स्वीकार गर्दैनौँ’, उनले भनेका छन् ।

उनले अनेक अमेरिकी प्रतिबन्धका बाबजुद रुस आफ्नो नीति परिवर्तनको पक्षमा नरहेको बताए । ‘आर्थिक दबावका बाबजुद रुसले आफ्नो नीतिमा कुनै परिवर्तन गर्ने छैन’, उनले भने, ‘बरू वैकल्पिक व्यापारिक मार्ग खोज्नेछ।’

के हो सेकेन्डरी प्रतिबन्ध ?

‘सेकेन्डरी प्रतिबन्ध’ ती देश वा कम्पनीहरूमाथि सिधै लगाइँदैन। ती प्रत्यक्ष रूपमा प्रतिबन्धित मुलुकलाई नभएर तिनसँग व्यापार गर्नेलाई लगाइन्छ ।

अमेरिकाले यदि इरानमाथि प्रतिबन्ध लगायो भने भारतको कुनै कम्पनीले त्यहाँबाट तेल किन्दा त्यसलाई पनि सजाय दिन्छ ।

यसले यस्तो अन्य देश वा कम्पनीहरू प्रतिबन्धित मुलुकसँग व्यापार गर्न हिच्किचाउने अवस्था उत्पन्न गराउँछ।

भारतमा असर ?

भारत रूसबाट सस्तो कच्चा तेलको एक प्रमुख आयातकर्ता मुलुक हो । सन् २०२२ मा सुरू भएको युद्धपछि भारतले रूसबाट सस्तो तेल खरिद गर्दै आन्तरिक ऊर्जा आवश्यकता पूरा गरिरहेको छ ।

तेल आपूर्तिमा अवरोध : रूसबाट आयात रोकिँदा भारतलाई साउदी अरेबिया वा इराकजस्ता देशबाट महंगो मूल्यमा तेल किन्नुपर्ने हुन्छ।

आर्थिक भार : तेल महँगो हुँदा पेट्रोलियम उत्पादनमा मूल्यवृद्धि हुन्छ, जसको असर सर्वसाधारणमा पर्छ ।

बैंकिङ प्रणालीमा रोक : अमेरिकाले भारतीय बैंक वा कम्पनीहरूलाई आफ्नो प्रणालीबाट निकाल्न सक्छ, जसले निर्यात र आर्थिक कारोबारमा असर पार्छ ।

ऊर्जा संकट : वैकल्पिक स्रोतको अभावमा भारतमा ऊर्जा संकट गहिरिन सक्छ ।

कूटनीतिक दबाब : भारतले रूस र पश्चिमी देशबीच सन्तुलन कायम राख्न समस्या भोग्न सक्छ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारलाई युद्ध अन्त्य गराउन पनि प्रयोग गर्न सक्ने बताएका छन् ।

‘म व्यापारलाई धेरै कुरा रोक्न प्रयोग गर्छु, युद्ध अन्त्य गराउन पनि त्यो लगाउन सक्छु’, उनले चेतवानीसहित भनेका छन् ।

यदि रुसी राष्ट्रपति पुटिनले ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौता नगरे १०० प्रतिशत ट्यारिफसहितका थप प्रतिबन्ध लाग्ने चेतावनी उनले दिएका छन्।

नाटोको चेतावनी र अमेरिकाको रणनीतिले भारतजस्ता देशलाई अन्तर्राष्ट्रिय कूटनीतिक द्वन्द्वमा अल्झाउने जोखिम बढाएको छ।

यसका कारण भारतले ऊर्जा सुरक्षा, व्यापारिक हित र कूटनीतिक सन्तुलनबीच सावधानीपूर्वक निर्णय लिनुपर्ने परिस्थिति बनिरहेको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : ३७ बजे

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका

पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्ः प्रधानन्यायाधीश राउत

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

गण्डकी – सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत उच्च अदालत पोखराले

म्याग्दीको पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ गाडपारमा आज दिउँसो पहिरोले घर