नगरसभामा बालेनलाई प्रश्न- हामीले बोल्ने मात्रै हो कि कार्यान्यवन पनि हुन्छ ? « Khabarhub

नगरसभामा बालेनलाई प्रश्न- हामीले बोल्ने मात्रै हो कि कार्यान्यवन पनि हुन्छ ?


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठक बुधबार बसिरहेको छ । उक्त बैठकमा नगरसभा सदस्यहरूले महानगरमा देखिएका समस्याबारे बोलिरहेका छन् ।

बुधबार १६ नम्बर वडाका वडा सदस्य हर्क खातीले माछा पोखरी र बालाजु औद्योगिक क्षेत्रमा देखिएका समस्या नगरसभामा राखेका छन् ।

उनले माछा पोखरीमा बाटो छेकेर तरकारी बेचिने गरेको समस्या हल गर्न महानगरले अझै चासो नदिएको बताए । ‘माछा पोखरीमा सडक नै रोकेर तरकारी बेचिन्छ । बाहिरबाट आएका मानिसले सडक कब्जा गरेर तरकारी बेच्दा अत्यावश्यकीय साधनलाई गाह्रो भएको छ’, उनले भने, ‘त्यहाँ एक पटक एम्बुलेन्स अड्किँदा बिरामीको बाटोमा नै मृ्त्यु भयो । पछि १६ नम्बर वडाले छलफल गरेर मिलाएको थियो । चिह्न लगाएर तरकारी बेच्ने प्रणाली बनाएको थियो।’

तर बाहिरका मान्छे धेरै आएर बाटोमा बेच्न पाउनुपर्छ भन्ने गर्दा अझै पनि त्यहाँको समस्या नहटेको उनले बताए । माछा पोखरीको समस्या हल गर्न महानगर प्रमुख बालेन्द्र साहले पनि चासो नदिएको उनले बताए ।

उनले बञ्चरे डाँडामै एउटा चिस्यान केन्द्र बनाइदिन सके माछा पोखरीमा देखिएको समस्या हल हुने बताए । तर आफूले यसबारे पहिले पनि कुरा उठाएको तर सुनुवाइ नभएको गुनासो गरे ।

खातीले बालाजु औद्योगिक क्षेत्रको समस्या पनि नगरसभामा उठाएका छन् । उनले बालाजु औद्योगिक क्षेत्र बाहिरबाट सामान ल्याएर बेच्ने ठाउँ मात्रै भएको बताए ।

‘बालाजु औद्योगिक क्षेत्रमा त्यहीँ सामान उत्पादन गर्ने हो तर बाहिरबाट ल्याएर उत्पादन भइरहेको छ’, उनले भने, ‘बालाजु औद्योगिक क्षेत्रमा जुनसुकै बेला विस्फोट हुन सक्छ । त्यहाँ बाहिरबाट ग्यास ल्याएर नेपाल ग्यास तयार गरिन्छ । जसले जुनसुकै बेला विस्फोटको जोखिम छ ।’

यसबारे आफूले पहिले पनि कुरा उठाएको बताउँदै तर महानगर प्रमुखले नसुनेको उल्लेख गरे । ‘यसबारे मैले पहिले पनि बोलेको तर कार्यान्यवन भएन’, उनले भने, ‘हामीले नगर सभामा बोल्ने मात्रै हो कि कार्यान्यवन पनि हुन्छ ?’

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : ५८ बजे

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने