देशमा आशा गर्ने वातावरण नभए प्रतिभावानहरु पलायन हुने खतरा : मन्त्री पाण्डे « Khabarhub

देशमा आशा गर्ने वातावरण नभए प्रतिभावानहरु पलायन हुने खतरा : मन्त्री पाण्डे


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले देशमा आशा सञ्चार गर्ने वातावरण नाश भएर गएकाले प्रतिभावान्हरू पलायन हुने होकी भन्ने खतरा रहेको बताएका छन् । 

मन्त्रालयले बुधबार काठमाडौंमा आयोजना गरेको विभिन्न पुरस्कार वितरण कार्यक्रममा मन्त्री पाण्डेले देश र समाजका लागि योगदान दिनेहरूले तथ्य र सत्यका आधारमा देशमा आशा सञ्चार गर्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिए ।

उनले नेपालमा भएका धेरै सम्पदाहरूलाई विश्वभर चिनाउन सके धेरै भन्दा धेरै पर्यटकहरू भित्राउन सकिने धारणा राखे । त्यस्तै मन्त्री पाण्डेले विनाशकारी भूकम्पबाट क्षति भएका ऐतिहासिक स्थलहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

संस्कृति सबै समाजको प्राणत्व भएकाले सबैले आ–आफ्नो कला संस्कृतिको जगेर्नामा ध्यान दिन जरुरी रहेको उनले बताए ।  

कार्यक्रममा मन्त्रालयले एकलाख राशीको आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार प्राडा रामप्रसाद ज्ञवाली, दुई लाख राशीको इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार बेलायतका डा जोन ह्वेल्पटन, गोपालप्रसार रिमाल पुरस्कार भरत भण्डारी र किरण राई, शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार प्राडा वीणा पौड्याल र सिद्धिचरण परस्कार प्राडा देवीप्रसाद नेपाललाई प्रदान गरेको थियो । 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ०२ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन