नगरसभामा टिप्पणी- बालेनको नेतृत्वमा पनि महानगर परम्परागत ढर्राबाट माथि उठ्न सकेन | Khabarhub Khabarhub

नगरसभामा टिप्पणी- बालेनको नेतृत्वमा पनि महानगर परम्परागत ढर्राबाट माथि उठ्न सकेन


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाकी नगरकार्यपालिका सदस्य अनिता कार्की ढोलीले युवा भनिएका बालेन्द्र साहको नेतृत्वमा पनि परम्परागत ढर्रामै चलेको बताएकी छन् ।

१७ औँ नगरसभाको दोस्रो बैठकमा बुधबार बोल्ने क्रममा उनले मेयर साहको नेतृत्वमा पनि महानगर परम्परागत ढर्रामै चलेको बताएकी हुन् ।

‘काठमाडौंमा सुकुम्बासी र भूमिहीनको दीर्घकाली समस्या समाधानको कार्यक्रम चाहियो । एक वडा एक उद्यम कार्यक्रम राम्रो छ तर यो नारामै सीमित भयो’, उनले भनिन्, ‘बजेटमा १० प्रतिशत उत्पादन र रोजगारीका लागि छुट्याऊँ । महानगरमा अहिले पनि पारदर्शी खर्च हुन सकेन । बजेटको प्रभावकारी कार्यान्वयन पनि भएन ।’

उनले महानगरले चालु आर्थिक वर्षको बजेट ५२.१३ प्रतिशत मात्रै कार्यान्वयन गर्न सकेकोतर्फ उनले चिन्ता व्यक्त गरिन् ।

‘पुँजीगत खर्चको अवस्था पनि निराशाजनक छ । ४४.७२ प्रतिशत मात्रै खर्च हुनु हाम्रा लागि निराशाजनक हो’, उनले भनिन्, ‘हरेक योजना र ठेक्का प्रक्रियामा नागरिक अनुगमन चाहिन्छ । पारदर्शी र प्रभावकारी खर्च नहुँदा महानगर बजेट कार्यान्वयनमा परम्परागत ढर्राबाट माथि उठ्न सकेन ।’

उनले आदिवासी जनजताति र स्थानीय सम्पदा संरक्षणमा पनि महानगरको नेतृत्वले ध्यान दिन नसेको उल्लेख गरिन् । ‘काठमाडौं भनेको नेवार समुदायको बाहुल्यता भएको ऐतिहासक थलो हो । यहाँका गुठी, बाह, बही स्तुपा चैत्य पर्व आदिमा स्पष्ट बजेट चाहिन्छ’, उनले भनिन्, ‘यसमा बजेट परम्परागत मात्रै देखियो । त्यसैले स्पष्ट बजेट छुट्याएर यहाँका कला संस्कृतिको प्रवर्द्धन गरिनुपर्छ ।’

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ४ : २६ बजे

सात करोडको लागतमा पालिका भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको

करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको

अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन

धार्मिक पर्यटन  प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

पाल्पा– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले कालीगण्डकी

बागमती प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

हेटौँडा– बागमती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद