नगरसभामा टिप्पणी- बालेनको नेतृत्वमा पनि महानगर परम्परागत ढर्राबाट माथि उठ्न सकेन « Khabarhub

नगरसभामा टिप्पणी- बालेनको नेतृत्वमा पनि महानगर परम्परागत ढर्राबाट माथि उठ्न सकेन


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाकी नगरकार्यपालिका सदस्य अनिता कार्की ढोलीले युवा भनिएका बालेन्द्र साहको नेतृत्वमा पनि परम्परागत ढर्रामै चलेको बताएकी छन् ।

१७ औँ नगरसभाको दोस्रो बैठकमा बुधबार बोल्ने क्रममा उनले मेयर साहको नेतृत्वमा पनि महानगर परम्परागत ढर्रामै चलेको बताएकी हुन् ।

‘काठमाडौंमा सुकुम्बासी र भूमिहीनको दीर्घकाली समस्या समाधानको कार्यक्रम चाहियो । एक वडा एक उद्यम कार्यक्रम राम्रो छ तर यो नारामै सीमित भयो’, उनले भनिन्, ‘बजेटमा १० प्रतिशत उत्पादन र रोजगारीका लागि छुट्याऊँ । महानगरमा अहिले पनि पारदर्शी खर्च हुन सकेन । बजेटको प्रभावकारी कार्यान्वयन पनि भएन ।’

उनले महानगरले चालु आर्थिक वर्षको बजेट ५२.१३ प्रतिशत मात्रै कार्यान्वयन गर्न सकेकोतर्फ उनले चिन्ता व्यक्त गरिन् ।

‘पुँजीगत खर्चको अवस्था पनि निराशाजनक छ । ४४.७२ प्रतिशत मात्रै खर्च हुनु हाम्रा लागि निराशाजनक हो’, उनले भनिन्, ‘हरेक योजना र ठेक्का प्रक्रियामा नागरिक अनुगमन चाहिन्छ । पारदर्शी र प्रभावकारी खर्च नहुँदा महानगर बजेट कार्यान्वयनमा परम्परागत ढर्राबाट माथि उठ्न सकेन ।’

उनले आदिवासी जनजताति र स्थानीय सम्पदा संरक्षणमा पनि महानगरको नेतृत्वले ध्यान दिन नसेको उल्लेख गरिन् । ‘काठमाडौं भनेको नेवार समुदायको बाहुल्यता भएको ऐतिहासक थलो हो । यहाँका गुठी, बाह, बही स्तुपा चैत्य पर्व आदिमा स्पष्ट बजेट चाहिन्छ’, उनले भनिन्, ‘यसमा बजेट परम्परागत मात्रै देखियो । त्यसैले स्पष्ट बजेट छुट्याएर यहाँका कला संस्कृतिको प्रवर्द्धन गरिनुपर्छ ।’

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ४ : २६ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन