अत्यावश्यकबाहेक अन्य बिदा नबस्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

अत्यावश्यकबाहेक अन्य बिदा नबस्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले अत्यावश्यक वाहेक अन्य बिदामा नबस्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 

बुधबार मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२, नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् । 

‘सुदूरपश्चिम प्रदेश सरकार यतिबेला आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको छ, ‘मुख्यमन्त्री शाहले भने, ‘कोहीपनि अत्यावश्यक बाहेक अन्य बिदामा नबस्नु होला ।’

साथै उनले प्रमुख सचिव डा. कमल प्रसाद पोख्रेललाई मातहतका निकायमा निर्देशन परिपत्र गर्न निर्देशन दिएका छन् । 

लगानी तथा विकास सम्मेलन सफल बनाउन सबैलाग्नु पर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहले प्रदेशमा लगानी मैत्री वातावरण बनाई लगानीकर्तामा विश्वासको वातावरण सिर्जना प्रदेश सरकार गम्भीर रहेको बताए । 

‘काम गर्ने क्रममा विभिन्न कानूनी जटिलता आउन सक्छन,’ मुख्यमन्त्री शाहले भन्नुभयो,’प्रदेश कानुन सचिब डा. वीरेन्द्र कुमार मिश्रले तत् तत् निकायमा समन्वय गरी एक हप्ताभित्र कानुनी समस्या पहिचान गर्नु होला ।’ उनले दुई तरिका (अध्यादेश मार्फत र संकल्प प्रस्ताव पेश) बाट ऐन संशोधन गर्न सकिने बताए । 

लगानी तथा विकास सम्मेलन सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि एक कोशेढुङ्गा साबित हुनेछ । 

सम्मेलनबाट पूर्वाधार विकास, पर्यटन विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, कृषि तथा वन उपजमा मूल्य अभिवृद्धि, सीमा व्यापार तथा अन्तरदेशीय आर्थिक साझेदारी लगायतका क्षेत्रमा टेवा पुग्ने विश्वास प्रदेश सरकारले लिएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : १० बजे

एमालेमा वरिष्ठ उपाध्यक्ष हटाउने प्रस्ताव, तीन उपाध्यक्षसहित ११ पदाधिकारी राखिने

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव

‘ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार’

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्र

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उचित भूमिका दिन तयार हुनुपर्ने कुरा

राजनीतिमा फर्किने विद्याको प्रयासबारे के भन्छन् केपी ओली ?

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

वीरगञ्ज– मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्जस्थित वीरगञ्ज