अत्यावश्यकबाहेक अन्य बिदा नबस्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन « Khabarhub

अत्यावश्यकबाहेक अन्य बिदा नबस्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले अत्यावश्यक वाहेक अन्य बिदामा नबस्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 

बुधबार मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२, नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् । 

‘सुदूरपश्चिम प्रदेश सरकार यतिबेला आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको छ, ‘मुख्यमन्त्री शाहले भने, ‘कोहीपनि अत्यावश्यक बाहेक अन्य बिदामा नबस्नु होला ।’

साथै उनले प्रमुख सचिव डा. कमल प्रसाद पोख्रेललाई मातहतका निकायमा निर्देशन परिपत्र गर्न निर्देशन दिएका छन् । 

लगानी तथा विकास सम्मेलन सफल बनाउन सबैलाग्नु पर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहले प्रदेशमा लगानी मैत्री वातावरण बनाई लगानीकर्तामा विश्वासको वातावरण सिर्जना प्रदेश सरकार गम्भीर रहेको बताए । 

‘काम गर्ने क्रममा विभिन्न कानूनी जटिलता आउन सक्छन,’ मुख्यमन्त्री शाहले भन्नुभयो,’प्रदेश कानुन सचिब डा. वीरेन्द्र कुमार मिश्रले तत् तत् निकायमा समन्वय गरी एक हप्ताभित्र कानुनी समस्या पहिचान गर्नु होला ।’ उनले दुई तरिका (अध्यादेश मार्फत र संकल्प प्रस्ताव पेश) बाट ऐन संशोधन गर्न सकिने बताए । 

लगानी तथा विकास सम्मेलन सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि एक कोशेढुङ्गा साबित हुनेछ । 

सम्मेलनबाट पूर्वाधार विकास, पर्यटन विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, कृषि तथा वन उपजमा मूल्य अभिवृद्धि, सीमा व्यापार तथा अन्तरदेशीय आर्थिक साझेदारी लगायतका क्षेत्रमा टेवा पुग्ने विश्वास प्रदेश सरकारले लिएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : १० बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन