जब सुनिताको नाम लिएर नगरसभा सदस्यले बालेनसहितलाई उठाइन् « Khabarhub

जब सुनिताको नाम लिएर नगरसभा सदस्यले बालेनसहितलाई उठाइन्


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७औँ नगरसभामा नगरसभा अहिले राष्ट्रिय सभागृहमा चलिरहेको छ ।

नगर सभाअन्तर्गत १७‌ औँ अधिवेशन दोस्रो बैठकमा नगरसभा सदस्य सर्मिला परियारले सम्बोधनका क्रममा उपप्रमुख सुनिता डंगोल ‘वर्ल्ड इकोनोमिक फोरम’को ‘योङ ग्लोबल लिडर– २०२५’ मा छनोट भएको प्रंसग झिकिन् ।

उनले उक्त प्रसंग झिक्दै सबै नगरसभा सदस्यहरूलाई उठेर बधाई दिन आग्रह गरिन् ।

‘सबैतिरबाट बधाई र शुभकामना आइरहेका बेला यो नगरसभाबाट किन बधाइई नभन्ने ?’ उनले सम्बोधनका क्रममा भनिन् ।

त्यसपछि उनले यस सभाले हार्दिक बधाई ज्ञापन गदर्छ भनेर घोषणा गरिन् ।

उनले त्यसो भनेपछि सबै नगरसभा सदस्यहरू उठेका थिए । मेयर बालेन साहले पनि उठेर सम्मान व्यक्त गरे ।

सुरुमा बसेरै ताली बजाएका मेयर साहले हाँस्दै उठेर ताली बजाए । त्यसपछि फेरि परियारले उपप्रमुख डंगोलले पाएको सम्मानले सबैलाई प्रेरणा थपेको भन्दै खुशी व्यक्त गरिन् ।

संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका थिए । दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्रै थिइन् ।

डंगोल राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन् । डंगोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भए ।

वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। यसमा हजारौँले आवेदन दिए पनि सीमित व्यक्ति मात्रै छनोट हुन्छन्।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ०१ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय