जब सुनिताको नाम लिएर नगरसभा सदस्यले बालेनसहितलाई उठाइन् « Khabarhub

जब सुनिताको नाम लिएर नगरसभा सदस्यले बालेनसहितलाई उठाइन्


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७औँ नगरसभामा नगरसभा अहिले राष्ट्रिय सभागृहमा चलिरहेको छ ।

नगर सभाअन्तर्गत १७‌ औँ अधिवेशन दोस्रो बैठकमा नगरसभा सदस्य सर्मिला परियारले सम्बोधनका क्रममा उपप्रमुख सुनिता डंगोल ‘वर्ल्ड इकोनोमिक फोरम’को ‘योङ ग्लोबल लिडर– २०२५’ मा छनोट भएको प्रंसग झिकिन् ।

उनले उक्त प्रसंग झिक्दै सबै नगरसभा सदस्यहरूलाई उठेर बधाई दिन आग्रह गरिन् ।

‘सबैतिरबाट बधाई र शुभकामना आइरहेका बेला यो नगरसभाबाट किन बधाइई नभन्ने ?’ उनले सम्बोधनका क्रममा भनिन् ।

त्यसपछि उनले यस सभाले हार्दिक बधाई ज्ञापन गदर्छ भनेर घोषणा गरिन् ।

उनले त्यसो भनेपछि सबै नगरसभा सदस्यहरू उठेका थिए । मेयर बालेन साहले पनि उठेर सम्मान व्यक्त गरे ।

सुरुमा बसेरै ताली बजाएका मेयर साहले हाँस्दै उठेर ताली बजाए । त्यसपछि फेरि परियारले उपप्रमुख डंगोलले पाएको सम्मानले सबैलाई प्रेरणा थपेको भन्दै खुशी व्यक्त गरिन् ।

संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका थिए । दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्रै थिइन् ।

डंगोल राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन् । डंगोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भए ।

वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। यसमा हजारौँले आवेदन दिए पनि सीमित व्यक्ति मात्रै छनोट हुन्छन्।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ०१ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने