कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अभिभावक पक्राउ « Khabarhub

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अभिभावक पक्राउ


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियामा एक शिक्षक र एक माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीको अभिभावक (आमा) लाई परीक्षाको प्रश्नपत्र चोरी गर्न विद्यालयमा प्रवेश गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।

उनीहरूलाई राजधानी सियोलबाट करिब २७० किलोमिटर दक्षिणमा अन्डोङको एक उच्च विद्यालयमा प्रवेश गरेको आरोप लगाइएको छ । जुलाई ४ मा  परीक्षाको प्रश्नपत्र चोरी गर्ने प्रयासपछि उनीहरूको गिरफ्तारी गरिएको प्रशासनले जनाएको छ ।  

शिक्षिका र आमाले अपराध स्वीकार गरेको अन्डोङ प्रहरी स्टेसनका एकजना जासुसले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छन् । गत वर्षको फेब्रअरीसम्म कार्यरत रहेको उक्त विद्यालयमा काम गर्दा ती शिक्षिका विद्यार्थीको कक्षा शिक्षिका रहेको अधिकारीहरूले बताएका छन् ।

प्रहरीले उनीहरूले विगतमा यस्तै चोरी गरेको हुन सक्ने आशंका गरेको छ, जसले विद्यार्थीलाई शैक्षिक रूपमा मद्दत गरी शिक्षिका र अविभावकबीच पैसाको लेनदेन भएको थियो ।

उनीहरूले आरोपितले पढाउँदै गरेको विषय मात्र नभई धेरै विषयहरूमा परीक्षाका कागजात तथा प्रश्न चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । अनुसन्धानकर्ताले एक विद्यालय मर्मत सम्भार कामदारलाई पनि उनीहरूलाई सहयोग गरेको आरोपमा पक्राउ गरिएको बताएका छन् । 

योन्हाप समाचार एजेन्सीका अनुसार सन् २०२३ मा भर्ना भएदेखि नै शीर्ष नम्बर (ग्रेड) कायम राखेको उक्त विद्यार्थीको ग्रेड रद्द गरी उसलाई निष्कासित गरिएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ०० बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित