देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलेको चुनौती : देउवा « Khabarhub

देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलेको चुनौती : देउवा


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलेको चुनौती रहेको बताएका छन् ।  

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले हिजोको चुनौती साक्षरता रहेको भन्दै आजको चुनौती देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु रहेको बताएका हुन् । 

उनले सरकार, सबै राजनीतिक दल र सरोकारवालालाई शिक्षाको विकासका लागि एकजुट भएर लाग्न अनुरोध गरे ।

सामुदायिक विद्यालयहरूले सेवामुखी भई मुलुकको शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको उनले बताए । सभापति देउवाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरको वृद्धिका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको धारणा राखे ।  

उनले समृद्धिको आधारशिला जीवन उपयोगी शिक्षा रहेकाले व्यवसायी शिक्षा प्रदान गर्न सरकारबाट समुचित र न्यायोचित पहल हुनुपर्ने खाँचो देखिएको बताए । 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ४६ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र