देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलेको चुनौती : देउवा « Khabarhub

देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलेको चुनौती : देउवा


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलेको चुनौती रहेको बताएका छन् ।  

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले हिजोको चुनौती साक्षरता रहेको भन्दै आजको चुनौती देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु रहेको बताएका हुन् । 

उनले सरकार, सबै राजनीतिक दल र सरोकारवालालाई शिक्षाको विकासका लागि एकजुट भएर लाग्न अनुरोध गरे ।

सामुदायिक विद्यालयहरूले सेवामुखी भई मुलुकको शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको उनले बताए । सभापति देउवाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरको वृद्धिका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको धारणा राखे ।  

उनले समृद्धिको आधारशिला जीवन उपयोगी शिक्षा रहेकाले व्यवसायी शिक्षा प्रदान गर्न सरकारबाट समुचित र न्यायोचित पहल हुनुपर्ने खाँचो देखिएको बताए । 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ४६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली