रामेछापका एसईई उत्तीर्ण विद्यार्थीलाई १ लाख ४५ नगद पुरस्कार  « Khabarhub

रामेछापका एसईई उत्तीर्ण विद्यार्थीलाई १ लाख ४५ नगद पुरस्कार 


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछाप जिल्लाको रामेछाप नगरपालिका –४ हिमागंगामा  रहेको श्री रेणुका देवी माविका १९ जना एसईई उत्तीर्ण विद्यार्थीलाई १ लाख ४५ नगद पुरस्कार वितरण गरिएको छ । विभिन्न व्यक्ति र संस्थाले २०८१ मा उक्त विद्यालयबाट एसईई उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक हिम कुमार श्रेष्ठले जानकारी दिए ।

हाल अमेरिकामा रहेको प्रदिप श्रेष्ठले एसईई उत्तीर्ण विद्यार्थीलाई जनही ५ हजारका दरले १९ जना विद्यार्थीलाई प्रोत्साहन स्वरूप ९५ हजार र सम्मान पत्र वितरण गरेको जानकारी दिए । श्रेष्ठ उक्त विद्यालयको पूर्व विद्यार्थीसमेत हुन् । 

विद्यालयले मंगलबार एक समारोह आयोजना गरेर हिमको हजुरबा देविदास नेवार हजुरआमा सेती माया नेवारको हातबाट नगद पुरस्कार र सम्मान पत्र वितरण गरिएका हो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रत्न नेवार, अभिभावक समितिका अध्यक्ष मेघराज श्रेष्ठ लगायत अन्य अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

सबैभन्दा बढी जिपिए ल्याउनेलाई ५ हजार दोस्रोलाई ४ हजार र तेस्रो जीपिए ल्याउनेलाई ३ हजार नगद पुरस्कार दिए । त्यस्तै अन्य उत्तीर्ण विद्यार्थीलाई जनही १ हजार नगद पुरस्कार दिए । 

यस्तै भेषराज स्मृति नव परिवर्तनशील संस्थाले पनि विद्यार्थीलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार वितरण गरे । संस्थाको तर्फबाट  सबैभन्दा बढी जिपिए ल्याउनेलाई २ हजार दोस्रोलाई १ हजार ५ सय र तेस्रो अंक ल्याउनेलाई १ हजार पुरस्कार दिए । संस्थाले बाँकी उत्तीर्ण विद्यार्थीहरूलाई  जनही ५ सयको दरले १२ हजार ५ सय पुरस्कार वितरण गरे।

विद्यालयले सञ्चालन गरेको रेणुका देवी मावि जन्म उत्सव कोषबाट सबै विद्यार्थीहरूलाई ५ सयको दरले ९ हजार ५ सय पुरस्कार वितरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक हिम कुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ०० बजे

यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत् १ सय ५८ जना

राष्ट्र बैंकलाई केही अधिकार अर्थ मन्त्रालयभन्दा माथि नजाने गरी चाहिन्छ : गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले नेपाल राष्ट्र

दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीलाई तीनवर्ष जेल सजाय

सियोल– दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति युन सुक योलद्वारा सन् २०२४

रन्जुले गरिन् पदाधिकारीमा दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्सनाले पदाधिकारीमा दाबी गरेकी

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा