'विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुनसक्छ' | Khabarhub Khabarhub

‘विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुनसक्छ’


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्ने बताएका छन्  ।

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले २०२८ सालको विद्यालय ऐनलाई विस्थापित गर्दै सचेत नागरिक निर्माण गर्न विधेयकले धेरै काम गरिरहेको भन्दै अव पनि विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्ने बताएका हुन् । 

विधेयकमा शिक्षकहरूले भनेका धेरै विषयलाई सम्बोधन गरिएको उल्लेख गर्दै सभापति थापाले शिक्षा विधेयक भन्दा पनि शिक्षक विधेयक जस्तो भएको धारणा राखे ।

उनले शिक्षकहरूले राखेका मागमध्ये स्वतः स्थायी वा बढुवा गर्नुपर्ने विषय समावेश गर्न नसकिने स्पष्ट पारे । आफ्ना माग पुरा नभए पुन आन्दोलन गर्ने शिक्षकहरूको चेतावनीप्रति उनले आन्दोलनले शिक्षा क्षेत्र बन्न नसक्ने जिकिर गरे । 

सभापति थापाले समितिमा शिक्षा विधेयक लक भइसकेको भन्दै अग्रगमनको बाटो लिने वातावरण बन्छ भने आवश्यक बुँदा थप गर्न तयार रहेको बताए । 

उनले शिक्षकहरूको असन्तुष्टि र कांग्रेसका कारण विधेयक रोकिएको भन्दै विधेयकलाई सहज रूपमा अघि बढ्ने वातावरण बनाउन कांग्रेस सभापति शेर बहादुर देउवालाई आग्रह समेत गरे । 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ०५ बजे

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका

पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्ः प्रधानन्यायाधीश राउत

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा