नेपालका किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा चयन « Khabarhub

नेपालका किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा चयन


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

तान्जानिया- प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन भएका छन् ।

अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट उनी उपाध्यक्ष निर्वाचित भएका हुन् । जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत हुन् ।

काउन्सिलको आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयनमा सर्वसम्मतीबाट नेतृत्व चयन भएको हो । यद्यपि चुनावका सम्पूर्ण प्रक्रिया पूरा गरिएको थियो ।

नेपाल (श्रेष्ठ) को प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरूमा जिम्बाब्वेका लफ्टी दुबे,म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा थिए ।

काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्ष अली हान्सेर्ली (साइप्रस) निर्वाचित भए । त्यस्तै तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्ष बने ।

अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सीके नायक र तान्जानियाका जियादा किलोबो छानिएका छन् ।

सोमबारदेखि तान्जानियाको आरुसामा भइरहेको काउन्सिलको विश्व सम्मेलन शुक्रबार समापन हुँदैछ । सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ०७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली