नेपालका किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा चयन « Khabarhub

नेपालका किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा चयन


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

तान्जानिया- प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन भएका छन् ।

अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट उनी उपाध्यक्ष निर्वाचित भएका हुन् । जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत हुन् ।

काउन्सिलको आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयनमा सर्वसम्मतीबाट नेतृत्व चयन भएको हो । यद्यपि चुनावका सम्पूर्ण प्रक्रिया पूरा गरिएको थियो ।

नेपाल (श्रेष्ठ) को प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरूमा जिम्बाब्वेका लफ्टी दुबे,म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा थिए ।

काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्ष अली हान्सेर्ली (साइप्रस) निर्वाचित भए । त्यस्तै तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्ष बने ।

अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सीके नायक र तान्जानियाका जियादा किलोबो छानिएका छन् ।

सोमबारदेखि तान्जानियाको आरुसामा भइरहेको काउन्सिलको विश्व सम्मेलन शुक्रबार समापन हुँदैछ । सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ०७ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय