चिनियाँ रेडक्रसले रसुवाका बाढीपीडितलाई पठायो सहयोग « Khabarhub

चिनियाँ रेडक्रसले रसुवाका बाढीपीडितलाई पठायो सहयोग


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ रेडक्रस सोसाइटीले रसुवाका बाढी प्रभावितहरूका लागि एक लाख अमेरिकी डलर (एक करोड ३७ लाख ५१ हजार)बराबरको मानवीय सहयोग पठाएको छ ।

बुधबार चिनियाँ रेडक्रस सोसाइटीको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत छन सोङले उक्त सहयोग नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरे । उनले एक लाख डलरको चेक हस्तान्तरण नेपाली पक्षलाई हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै राजदूत सोङले विपद् प्रभावित नेपाली जनताप्रति चीनको सहानुभूति रहेको पनि उल्लेख गरेका छन् ।

रसुवागढीमा असार २४ गते बिहान सवा ३ बजे बिहान चीनतर्फबाट ठूलो बाढी आएको थियो । बाढीले नेपालतर्फ भोटेकोशी नदीबाट ठूलो क्षति भएको छ।

उक्त बाढीले रसुवागढीमा नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ। स्याफ्रुबेंशी–रसुवागढी सडकखण्डमा करिब ११ सय मिटर सडक कटान भएको छ । चीनतिर पनि पहिरो र बाढीले धेरै ठाउँ सडक बिग्रिएको छ ।

रूवा भन्सारको यार्डमा राखिएका ६४ वटा गाडीहरू बगेका थिए। यसमा २३ वटा मालवाहक कन्टेनर, ६ वटा मालवाहक ट्रक र ३५ वटा नयाँ इलेक्ट्रिक सवारी साधन थिए ।

बाढीले रसुवागढी जलविद्युतको ड्याम, चिलिमे जलविद्युत्मा पनि क्षति पुगेको छ । उता माथिल्लो त्रिशूली ए सहित आधा दर्जन जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ । अहिले तीमध्ये कतिपय बन्द अवस्थामा छन् ।

बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मी, भरिया, स्थानीयबासी र चिनियाँ नागरिक फसेका थिए। अहिलेसम्म ९ जनाको शव फेला परेको छ। कम्तिमा २० जना बेपत्ता छन् । बेपत्तामध्ये ३ प्रहरी कर्मचारी र ६ चिनियाँ नागरिकसमेत छन् ।

बाढीपछि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र सेनाको हेलिकोप्टरले ५५ जनाभन्दा बढी उद्धार गरेको थियो। त्यसक्रममा करिब २ सय जनालाई काठमाडौंसम्म एयरलिफ्ट गरिएको थियो । बाढीपछि अहिले चीन र नेपाल दुवैतर्फ पुननिर्माण अभियान चलिरहेको छ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : २० बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय