‘चमेलीको पोइ’ चैत १३ मा आउने, मुकुन दोहोरो भूमिकामा हुन् ? « Khabarhub

‘चमेलीको पोइ’ चैत १३ मा आउने, मुकुन दोहोरो भूमिकामा हुन् ?


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्त अभिनीत फिल्म ‘चमेलीको पोइ’ चैत १३ बाट प्रदर्शनमा आउने भएको हो ।

निर्माण पक्षले बुधबार तीन पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरले नायक मुकुन भुसाल दोहोरो भूमिकामा रहेको संकेत गर्छ । दुई पोस्टरमा उनी वृद्ध देखिएका छन् । एक पोस्टरमा उनी जवान देखिन्छन् ।

युवा लुक्समा रहेका मुनुकले नायिका सुरक्षा पन्तको खुट्टा मालिस गर्दै गरेको देख्न सकिन्छ । अर्को पोस्टरमा मुकुनलाई खुट्टामा समातेर सुरक्षाले घिसारिरहेकी छन् ।

यसबाट उनी श्रीमतीबाट पीडित पुरुषको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । पोस्टरहरुले फिल्मका कथा पनि यही विषयमा केन्द्रित रहेको बुझ्न सकिन्छ । तथापि निर्माण पक्षले कथाबारे केही खुलाएको छैन ।

यस फिल्मको निर्देशक एभरेस्ट सूर्य बोहोरा हुन् । धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतीमा रहने यस फिल्मका निर्माताहरु सुनिता सापकोटा र रामनारायण उपाध्याय हुन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ५१ बजे

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले