‘चमेलीको पोइ’ चैत १३ मा आउने, मुकुन दोहोरो भूमिकामा हुन् ? « Khabarhub

‘चमेलीको पोइ’ चैत १३ मा आउने, मुकुन दोहोरो भूमिकामा हुन् ?


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्त अभिनीत फिल्म ‘चमेलीको पोइ’ चैत १३ बाट प्रदर्शनमा आउने भएको हो ।

निर्माण पक्षले बुधबार तीन पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरले नायक मुकुन भुसाल दोहोरो भूमिकामा रहेको संकेत गर्छ । दुई पोस्टरमा उनी वृद्ध देखिएका छन् । एक पोस्टरमा उनी जवान देखिन्छन् ।

युवा लुक्समा रहेका मुनुकले नायिका सुरक्षा पन्तको खुट्टा मालिस गर्दै गरेको देख्न सकिन्छ । अर्को पोस्टरमा मुकुनलाई खुट्टामा समातेर सुरक्षाले घिसारिरहेकी छन् ।

यसबाट उनी श्रीमतीबाट पीडित पुरुषको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । पोस्टरहरुले फिल्मका कथा पनि यही विषयमा केन्द्रित रहेको बुझ्न सकिन्छ । तथापि निर्माण पक्षले कथाबारे केही खुलाएको छैन ।

यस फिल्मको निर्देशक एभरेस्ट सूर्य बोहोरा हुन् । धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतीमा रहने यस फिल्मका निर्माताहरु सुनिता सापकोटा र रामनारायण उपाध्याय हुन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ५१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको