सामान्य प्रशासन मन्त्री न्यौपानेले गरिन् पदभार ग्रहण « Khabarhub

सामान्य प्रशासन मन्त्री न्यौपानेले गरिन् पदभार ग्रहण


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गरेकी छन्।

बुधबार अपरान्ह शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी साँझ सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री बनेकी न्यौपानेलाई बुधबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए ।

राष्ट्रिय सभाकी सदस्य उनी अबको फागुनसम्म मन्त्री पदमा रहने निश्चित छ ।

तत्कालीन मन्त्री राजकुमार गुप्ता पोखराको १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन बनाइएको घुस प्रकरणमा मुछिएपछि मंगलबार राजीनामा दिन बाध्य भएका थिए ।

उनी पदमुक्त भएसँगै न्यौपानेलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ७ : ५७ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको