पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’ « Khabarhub

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता बिग्रिएमा टेबल छाडेर हिँड्ने बताएका छन् ।

फक्स न्युजका ब्रेट बेयरसँग एयर फोर्स वनमा दिएको अन्तर्वार्तामा ट्रम्पले यस्तो बताएका हुन् ।

उनले वार्ता राम्रो हुने आशा गर्दै यदि नराम्रो भएमा आफूले टेबल छाडेर हिँड्ने बताएका हुन्।

उनले बैठक धेरै राम्रो हुने भविष्यवाणी गरे । तर उनले थपे, ‘यदि राम्रो भएन भने म छिट्टै घर फर्किन्छु। म टेबल छाड्छु।’

शिखर वार्तामा ‘तीन-तीन’

ह्वाइट हाउसल पुटिनसँगको बैठकमा ट्रम्प एक्लै भाग नलिने बताएका छन्। उनीसँग विदेश मन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकोफ सहभागी हुनेछन्।

बैठकपछि हुने लञ्चमा पनि रुबियो, विटकोफ, अर्थ मन्त्री स्कट बेसन्ट, वाणिज्य मन्त्री हावर्ड लुटनिक, रक्षा मन्त्री पिट हेगसेथ र ट्रम्पका प्रमुख सल्लाहकार सुसी वाइल्स सहभागी हुनेछन्।

उता रसियन वार्ता टोलीमा को-को छन् भन्ने खुलिसकेको छैन । यद्यपि रसियन अधिकारीहरू अलास्का पुगिसकेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १२ : ४० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२