वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै « Khabarhub

वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड ट्रम्प युक्रेन युद्धको समाधानका लागि उच्चस्तरीय वार्ता गर्न अलास्काको एङ्करिजमा भेट गर्ने तयारीमा छन्।

स्थानीय समयअनुसार शुक्रबार राति करिब ८ बजे सुरु हुने यो वार्ता संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा हुनेछ।

वार्ताको मुख्य एजेन्डा युक्रेन संघर्षको समाधान खोज्नु हुनेछ। मस्कोका अनुसार, विश्वको ‘शान्ति र सुरक्षा’ साथै अर्थतन्त्र र व्यापार क्षेत्रमा द्विपक्षीय सहकार्यको थप विकास पनि एजेन्डामा पर्नेरछ।

राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा रूसी प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री सेर्गेइ लाभरोभ, रक्षा मन्त्री आन्द्रेइ बेलोउसभ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ, क्रेमलिन सल्लाहकार युरी उशाकोभ र राष्ट्रपति आर्थिक दूत किरिल दिमित्रिएभ छन्।

दिमित्रिएभ युक्रेन संघर्ष समाधान प्रक्रियामा प्रमुख भूमिका खेल्दै आएका छन्।

अमेरिकी पक्षबा ट्रम्पसहित उपराष्ट्रपति जेडी भ्यान्स, विदेश मन्त्री मार्को रुबियो, युक्रेन र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकोफ र रक्षा मन्त्री पिट हेगसेथको सहभागी हुने छन्।

वार्तापूर्व मस्कोले अमेरिकासँग प्रस्तुत गर्ने स्पष्ट र परिभाषित धारणा तथा तर्कहरू तयार रहेको जनाएको छ। ट्रम्पले यस शिखर बैठकलाई स्थिति बुझ्ने बैठकको रूपमा वर्णन गर्दै असफल हुने सम्भावना २५ प्रतिशत रहेको बताएका छन्।

राष्ट्रपति ट्रम्पले वार्ता रूस र युक्रेनबीचको भू–स्वाप (भूमि आदान–प्रदान) सम्झौतामा केन्द्रित हुन सक्ने बताएका छन्। तर मस्कोले सन् २०१४ र सन् २०२२ मा जनमत सङ्ग्रहमार्फत आफ्नो भूभागमा समेटिएका क्राइमिया, डोनेत्स्क, लुहान्स्क, खेरसोन र जापोरोजिया क्षेत्र नछोड्ने अडान राखिरहेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १२ : ५५ बजे

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको