अलास्कामा पुटिन–ट्रम्प शिखर वार्ता सुरू, युक्रेन युद्धसहित यस्ता छन् एजेन्डा « Khabarhub

अलास्कामा पुटिन–ट्रम्प शिखर वार्ता सुरू, युक्रेन युद्धसहित यस्ता छन् एजेन्डा


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अलास्कामा भेटवार्ता औपचारिक रूपमा सुरु भएको छ।

दुवै नेताले एंकरिजमा रनवेमा एकअर्कालाई अभिवादन गरेपछिउनीहरू ट्रम्पको राष्ट्रपतीय लिमोजिनमा सँगै प्रस्थान गरेका थिए।

शुक्रबार संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा सुरू वार्तामा युक्रेन युद्धको समाधान खोज्ने मुख्य उद्देश्य राखिएको छ ।

मस्कोका अनुसार, एजेन्डामा विश्वको ‘शान्ति र सुरक्षा’ साथै अर्थतन्त्र र व्यापार क्षेत्रमा द्विपक्षीय सहकार्यको थप विकास पनि समावेश छ।

पुटिनको नेतृत्वमा आएको रूसी प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री सेर्गेइ लाभरोभ, रक्षा मन्त्री आन्द्रेइ बेलोउसभ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ, क्रेमलिन सल्लाहकार युरी उशाकोभ र राष्ट्रपतिका आर्थिक दूत किरिल दिमित्रिएभ छन्, जसले युक्रेन संघर्ष समाधान प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका छन्।

अमेरिकी प्रतिनिधिमण्लमा ट्रम्पसँगै उपराष्ट्रपति जेडी भ्यान्स, विदेश मन्त्री मार्को रुबियो, युक्रेन र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकोफ, र रक्षा मन्त्री पिट हेगसेथ सहभागी छन् ।

वार्तापूर्व मस्कोले अमेरिकालाई प्रस्तुत गर्ने “स्पष्ट र परिभाषित” धारणा तथा तर्कहरू तयार रहेको जनाएको छ। ट्रम्पले यस शिखर बैठकलाई “स्थिति बुझ्ने” बैठकको रूपमा वर्णन गर्दै यसको असफल हुने सम्भावना २५ प्रतिशत रहेको बताएका छन्।

ट्रम्पका अनुसार, वार्ता रूस र युक्रेनबीचको भूमि आदान–प्रदान सम्झौतामा केन्द्रित हुन सक्छ। तर मस्कोले सन् २०१४ र २०२२ मा जनमत सङ्ग्रहमार्फत रुसमा गाभिएका क्राइमिया, डोनेत्स्क, लुहान्स्क, खेरसोन र जापोरोजिया क्षेत्र नछोड्ने अडान राखेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  २ : ०१ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक