आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर १४० रुपियाँ ३९ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ३९ पैसा र बिक्रीदर १६४ रुपियाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपियाँ ५७ पैसा र बिक्रीदर १९० रुपियाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ४७ पैसा र बिक्रीदर १७४ रुपियाँ २१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ०५ पैसा र बिक्रीदर ९१ रुपियाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ३७ पैसा र बिक्रीदर १०१ रुपियाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ०१ पैसा र बिक्रीदर १०९ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ४७ पैसा र बिक्रीदर १९ रुपियाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३५ पैसा र बिक्रीदर ३८ रुपियाँ ५२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३१ पैसा र बिक्रीदर चार रुपियाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०६ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ १८ पैसा र बिक्रीदर ३३ रुपियाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ६२ पैसा र बिक्रीदर १४ रुपियाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८९ पैसा र बिक्रीदर २१ रुपियाँ ९९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८८ पैसा र बिक्रीदर १७ रुपियाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ५९ पैसा र बिक्रीदर ४५९ रुपियाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ७७ पैसा र बिक्रीदर ३७२ रुपियाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ०९ पैसा र बिक्रीदर ३६४ रुपियाँ ६४ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ६ : २० बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा