रजनीकान्त र लोकेशको ‘कुली’ले बक्स अफिसमा कायम गर्‍यो नयाँ रेकर्ड « Khabarhub

रजनीकान्त र लोकेशको ‘कुली’ले बक्स अफिसमा कायम गर्‍यो नयाँ रेकर्ड


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड र दक्षिण भारतीय सिनेमाको चर्चित अभिनेता रजनीकान्त र निर्देशक लोकेश कनागराजको बहुप्रतिक्षित फिल्म ‘कुली’ ले विश्वव्यापी बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ।

प्रारम्भिक अनुमान अनुसार, फिल्मले पहिलो दिनमा (बिहिबार) करिब १५२-१५५ करोड भारु कमाइ गरेको छ। यससँगै ‘कुली’ले थलापति विजयको लियोलाई पछाडि पार्दै तमिल सिनेमाको इतिहासमा पहिलो दिनको सबैभन्दा ठूलो कमाइ गर्ने फिल्म बनेको छ।

भारतीय मिडिया पिङ्कभिला अनुसार सन् २०२३ मा प्रदर्शनमा आएको फिल्म ‘लिओ’ले पहिलो दिनमा १४४ करोड भारु कमाएको थियो। साथै, ‘कुली’ले रजनीकान्तको व्यक्तिगत करियरमा पनि नयाँ रेकर्ड कायम गर्‍यो।

रजनीकान्तको अघिल्ला हिट फिल्म ‘जेलरु र २.० लाई पनि पछि पार्दै, ७५ वर्षको उमेरमा रजनीकान्तले अझै बक्स अफिसमा धमाका गरिरहेका छन्।

यदि सोमबारसम्म कमाइ सामान्य रह्यो भने, ‘कुली’ले ‘लिओ’ र जेलरु को कुल कमाइ पार गर्दै इतिहासमै नम्बर १ तमिल फिल्म बन्न सक्ने सम्भावना उच्च छ।

बिहिबार पहिलो दिन ‘कुली’ले भारतमा ७७ करोड भारु र अन्तर्राष्ट्रिय बजारमा ८.५ मिलियन अमेरिकी डलर (करिब ७६ करोड) कमाइ गर्दै विश्वव्यापी कुल १५३ करोड भारु बराबरको कारोबार गरेको छ।

त्यस्तै बिहिबार प्रदर्शनमा आएको ऋतिक रोशन र जूनियर एनटीआर को फिल्म ‘वार २’ ले पहिलो दिनमा भारतभर लगभग ५२.५० करोड भारु कमाइ गरेको छ। यसमा हिन्दी संस्करणले लगभग २९ करोड भारु, तेलुगु संस्करणले लगभग २३.२५ करोड भारु र तमिल संस्करणले लगभग २५ लाख भारु कमाएको अनुमान गरिएको छ।

यससँगै, वार २ ले यशराज फिल्म्सको स्पाई युनिभर्सको सबैभन्दा ठूलो ओपनिङको रेकर्ड कायम गरेको छ। तर, यसले अघिल्लो फिल्म वारु को पहिलो दिनको ५३.३५ करोड भारु रेकर्डलाई पार गर्न सकेन।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ९ : ४४ बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे