बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप « Khabarhub

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक फिल्म उद्योगका भित्री व्यवहारबारे चर्चा गरेकी छिन् ।बिहीबार एक अन्तर्वार्तामा कंगनाले आफ्नो करियरका अनुभव सुनाउँदै, उद्योगका धेरैजसो पुरुष अभिनेता ‘असभ्य’ ’ हुने गरेको बताइन्।

अन्तर्वार्तामा होस्टले सोधेका थिए – “के तपाईंलाई कहिल्यै हिरोहरूबाट अनुचित प्रस्ताव वा व्यवहारको सामना गर्नुपर्‍यो ?” कंगनाले जवाफमा भनिन्, “मैले धेरै हिरोहरूसँग त काम नै गरेकी छैन ! किन भने धेरैजसो हिरोहरू असभ्य हुन्छन्।”

उनले स्पष्ट पार्दै भनिन्, “मैले यो कुरा यौनजन्य दृष्टिले मात्र भनेको होइन। जस्तै सेटमा ढिलो आउनु, असभ्य व्यवहार गर्नु, नायिकालाई हेप्नु, साइडलाइन गर्नु, सानो भ्यान दिनु जस्ता कुरा…यी सबका कारण मैले धेरै पटक समस्याको सामना गर्नुपर्‍यो। अनि सोच्नुस् त, यिनै कारण मेराविरुद्ध मुद्दा दायरसमेत गरियो ! किन ? किनकि म यी कुरामा मौन बस्न तयार थिइनँ, जबकि अन्य धेरै केटीले यसलाई सामान्य ठान्थे ।

कंगनाले सन् २००६ मा अनुराग बसु निर्देशित र महेश भट्ट निर्मित ‘ग्याङ्स्ट’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। त्यसपछि उनले वो ‘लम्हे’ ९२००६०, लाइफ इन अ मेट्रो (२००७) जस्ता फिल्ममा अभिनय गरिन्। तर उनको करियरको टर्निङ प्वाइन्ट बन्यो माधुर भण्डारकर निर्देशित फ्यासन (२००८), जसका लागि उनले सहायक भूमिकामा उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय फिल्म पुरस्कार जितिन्।

पछिल्ला वर्षहरूमा (२०१४) र तनु वेड्स मनु रिटर्न्स (२०१५) जस्ता सफल फिल्मले उनको स्टारडमलाई नयाँ उचाइमा पुर्‍यायो। हालसम्म उनी चार पटक राष्ट्रिय फिल्म पुरस्कार जितिसकेकी छिन्।

उनी पछिल्लो पटक ‘इमर्जेन्सी’ फिल्ममा देखिएकी थिइन्, जुन उनले आफैं निर्देशन, सह-निर्माण र लेखन गरेकी थिइन्। कंगनाका अनुसार, बाहिरबाट आएका कलाकारका लागि बलिउडमा सफलता पाउनु सजिलो छैन, तर दृढ अडान र आत्मसम्मानका साथ आफ्नो स्थान बनाउन सकिन्छ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १० : ०७ बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे