नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित « Khabarhub

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन् । समाजको गए राति सम्पन्न मतगणनाअनुसार खतिवडा ४६० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्राध्यापक डाक्टर खुमनारायण पौडेलले ३६६ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा डा. वसन्तराज अधिकारी र महासचिवमा शिवकुमार बाँस्कोटा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नारायण बाँस्कोटाले जानकारी दिए ।

यसैगरी, उपमहासचिवमा गोविन्द ओझा ४२३ मत ल्याई निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण पाण्डेले ३७६ मत प्राप्त गरे । कोषाध्यक्षमा सुमिला पौडेल र सदस्यमा विनोद केसी, रोशन न्यौपाने र धीरेन्द्रप्रसाद पाण्डे निर्वाचित भएको निर्वाचन समितिका संयोजक बाँस्कोटाले बताए ।

कूल एक हजार १४२ सदस्य रहेको उक्त समाजको शुक्रबार विद्युतीय माध्यमबाट भएको मतदानमा ८३४ जनाले मतदानमा भाग लिएका थिए । उक्त समाजको कार्यकाल दुई वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्ष खतिवडाले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ११ : १७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले