प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : मन्त्री पौडेल | Khabarhub Khabarhub

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : मन्त्री पौडेल


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रसूति गृहले नेपालको मातृशिशु स्वास्थ्य सुधारमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गरेका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले अस्पतालले सुरु गरेको ‘नियोनेटल स्क्रिनिङ’, ‘ह्युमन मिल्क बैंक र पुनः सञ्चालनमा ल्याइएको आईभीएफ सेवा जस्ता नवीनतम कार्यहरू राष्ट्रिय स्वास्थ्य प्रणालीकै लागि अनुकरणीय भएको बताए ।

उनले भविष्यमा अस्पताललाई ११ बेड थप गरेर पाँच सय बेड बनाइने र काठमाडौंका दुई नगरपालिकामा ‘२५–२५ शय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको जानकारी दिए ।

‘प्रसूति गृह केवल एक अस्पताल होइन, यो लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो । यसको ६६ वर्षको यात्रा नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी हो,’ मन्त्री पौडेलले भने, ‘सरकारले हालै ल्याएको निःसन्तान उपचार मापदण्डको सफल कार्यान्वयनमा यस अस्पतालको पुनःस्थापित आईभीएफ सेवाले नेतृत्वदायी भूमिका खेल्नेछ । अस्पतालले सुरु गरेको नियोनेटल स्क्रिनिङ, मिल्क बैंक जस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु ।’

कार्यक्रममा अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले अस्पतालको पछिल्लो प्रगतिबारे जानकारी गराएका थिए ।

‘अस्पतालले पछिल्लो समय सेवामा उल्लेख्य विस्तार गरेको छ । स्त्रीरोग सम्बन्धी दुरबिन प्रविधिबाट हुने शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपीडी र फेटल तथा मेटर्नल इको सेवाले रिफरल दर घटाएको छ,’ उनले भने ।

अस्पतालले लैङ्गिक हिंसापीडितका लागि एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी), दुर्गमका महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्धारपछिको उपचार र गरिब तथा विपन्नका लागि सामाजिक सुरक्षा इकाईमार्फत् निःशुल्क उपचारजस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई पनि प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको अस्पतालले जनाएको छ ।

समारोहमा अस्पतालले विगत एक वर्षमा हासिल गरेका उपलब्धि, सेवा विस्तारका योजना र मातृशिशु स्वास्थ्यमा पुर्‍याएकाे योगदानको विस्तृत समीक्षा प्रस्तुत गरिएको थियो ।

२०१६ सालमा ४० शय्याबाट सुरु भएको अस्पतालले शनिबारदेखि ४८९ शय्या सञ्चालन गरेको छ । वार्षिकोत्सव समारोहमा अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको र बहिरङ्ग विभागबाट दुई लाख ३३ हजारभन्दा बढीले सेवा लिएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १२ : ०६ बजे

भारतीय विदेश सचिव मिस्री भोलि नेपाल आउँदै

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री भोलि (आइतबा) नेपाल भ्रमणमा

एयर क्यानडाका उडान सहायकहरूको हडतालले सेवा ठप्प, यात्रुहरू प्रभावित

एजेन्सी– एयर क्यानडाका करिब १० हजार उडान सहायक कर्मचारीहरूले पारिश्रमिक

बीपी प्रतिष्ठानका उपकुलपति भन्छन्, ‘खर्च नगरी नियुक्ति पाएँ, पुरानो साख फर्काउन पदाधिकारीको साथ पाउँछु’

सुनसरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रमप्रसाद

रविको अड्डासार आकाशबाट, ३:१० को फ्लाइटमा ल्याइँदैछ काठमाडौँ

काठमाडौँ – सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागार (रूपन्देही)

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते

धनगढी – अछामको बान्नीगढी जयगढ गाउँपालिकामा करेन्ट लाग्दा एक किशोरको