सीमा मुद्दामा वार्ताका लागि चिनियाँ विदेशमन्त्री भारत आउँदै « Khabarhub

सीमा मुद्दामा वार्ताका लागि चिनियाँ विदेशमन्त्री भारत आउँदै


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– चीनका विदेशमन्त्री वाङ्ग यी तीन दिने भारत भ्रमणमा आउने भएका छन् । भारत र चीनबीच सीमा क्षेत्रबारे हुने वार्तामा सहभागी हुन उनी नयाँ दिल्ली आउन लागेका हुन् । 

चिनिया विदेश मन्त्रालयका प्रवक्ताले विदेशमन्त्री वाङ्ग तीन दिने भ्रमणका लागि भारत आउन लागेका पुष्टि गरेका छन् । दुवै देशका विशेष प्रतिनिधिहरूबीच सीमा क्षेत्रबारे हुन गइरहेको यो वार्ता २४ औँ वार्ता हो ।  

प्रवक्ताका अनुसार भारतको निमन्त्रणामा विदेशमन्त्री वाङ्ग अगस्ट १८–२० सम्म भारतमा रहने छन् । उनी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिमा राजनीतिक ब्युरो सदस्य छन् । 

यसका साथै विदेशमन्त्री वाङ्ग चीन–भारत सीमा मामिलाका लागि चिनियाँ विशेष प्रतिनिधिसमेत हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १ : ५५ बजे

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव