रविको अड्डासार आकाशबाट, ३:१० को फ्लाइटमा ल्याइँदैछ काठमाडौँ « Khabarhub

रविको अड्डासार आकाशबाट, ३:१० को फ्लाइटमा ल्याइँदैछ काठमाडौँ


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागार (रूपन्देही) मा रहेका रवि लामिछानेको अड्डासार हवाई मार्गबाट हुने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेलाई बुद्ध एअरको विमानबाट काठमाडौँ ल्याइने प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार; लामिछानेलाई विमानमा राखेर भैरहवा विमानस्थलबाट ३ बजेर १० मिनेटमा काठमाडौँतर्फ ल्याइनेछ ।

दुई महिनाअघि नै रविले अड्डासार निम्ति निवेदन दिएका थिए । उनले नख्खु कारागारमा सरुवा गरिदिन राखेको मागमा अदालतले अनुमति दिएको थियो । तर, सरकार मातहतको गृह प्रशासनले उनको माग सुनुवाई गरेको थिएन ।

लामिछानेले शुक्रबार कारागार विभागमा दिएको निवेदनका आधारमा सरुवा गर्ने निर्णय भएको कारागार व्यवस्थापन विभागकी निर्देशक कल्पना घिमिरे नेपालले जानकारी दिइन् ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट रकम ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि उच्च अदालत बुटवलको आदेशमा रुपन्देही कारागारमा छन् ।

रास्वपाले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । कारागार सरुवा हुने भएपछि लामिछानेलाई स्वागत गर्न रास्वपा समर्थितहरू नख्खु कारागार पुग्ने बताइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  २ : २२ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स