रविको अड्डासार आकाशबाट, ३:१० को फ्लाइटमा ल्याइँदैछ काठमाडौँ « Khabarhub

रविको अड्डासार आकाशबाट, ३:१० को फ्लाइटमा ल्याइँदैछ काठमाडौँ


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागार (रूपन्देही) मा रहेका रवि लामिछानेको अड्डासार हवाई मार्गबाट हुने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेलाई बुद्ध एअरको विमानबाट काठमाडौँ ल्याइने प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार; लामिछानेलाई विमानमा राखेर भैरहवा विमानस्थलबाट ३ बजेर १० मिनेटमा काठमाडौँतर्फ ल्याइनेछ ।

दुई महिनाअघि नै रविले अड्डासार निम्ति निवेदन दिएका थिए । उनले नख्खु कारागारमा सरुवा गरिदिन राखेको मागमा अदालतले अनुमति दिएको थियो । तर, सरकार मातहतको गृह प्रशासनले उनको माग सुनुवाई गरेको थिएन ।

लामिछानेले शुक्रबार कारागार विभागमा दिएको निवेदनका आधारमा सरुवा गर्ने निर्णय भएको कारागार व्यवस्थापन विभागकी निर्देशक कल्पना घिमिरे नेपालले जानकारी दिइन् ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट रकम ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि उच्च अदालत बुटवलको आदेशमा रुपन्देही कारागारमा छन् ।

रास्वपाले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । कारागार सरुवा हुने भएपछि लामिछानेलाई स्वागत गर्न रास्वपा समर्थितहरू नख्खु कारागार पुग्ने बताइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  २ : २२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले