अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते « Khabarhub

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धनगढी – अछामको बान्नीगढी जयगढ गाउँपालिकामा करेन्ट लाग्दा एक किशोरको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

जयगढ रोडबजारदेखि बरदादेवी मन्दिर जाने गेटमा राष्ट्रिय झण्डा टाँग्ने क्रममा शनिबार साँझ बिजुलीको पोलमा छोइएपछि करेन्ट लाग्दा १७ वर्षीय रोहित साउँदको मृत्यु भएको हो। मृतक झरना होटलका सञ्चालक गजेन्द्र साउँदका एक्ला छोरा रहेका छन्।

घाइते हुनेमा समीर शाह, विनोद रावत, बम शाह र लव्सन सुनार रहेका छन्। उनीहरूको अवस्था मध्यम गम्भीर रहेको र उपचार भइरहेको जनाइएको छ।

कृष्णजन्माष्टमीको अवसरमा लाग्ने मेलाको तयारी स्वरूप स्थानीय किशोरहरूले सार्वजनिक स्थल सजाउने क्रममा दुर्घटना भएको हो।

कृष्णजन्माष्टमीको पूर्वसन्ध्यामा भएको यस दुखद घटनाले सम्पूर्ण जयगढ शोकमग्न बनेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  २ : १८ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि