अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते « Khabarhub

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धनगढी – अछामको बान्नीगढी जयगढ गाउँपालिकामा करेन्ट लाग्दा एक किशोरको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

जयगढ रोडबजारदेखि बरदादेवी मन्दिर जाने गेटमा राष्ट्रिय झण्डा टाँग्ने क्रममा शनिबार साँझ बिजुलीको पोलमा छोइएपछि करेन्ट लाग्दा १७ वर्षीय रोहित साउँदको मृत्यु भएको हो। मृतक झरना होटलका सञ्चालक गजेन्द्र साउँदका एक्ला छोरा रहेका छन्।

घाइते हुनेमा समीर शाह, विनोद रावत, बम शाह र लव्सन सुनार रहेका छन्। उनीहरूको अवस्था मध्यम गम्भीर रहेको र उपचार भइरहेको जनाइएको छ।

कृष्णजन्माष्टमीको अवसरमा लाग्ने मेलाको तयारी स्वरूप स्थानीय किशोरहरूले सार्वजनिक स्थल सजाउने क्रममा दुर्घटना भएको हो।

कृष्णजन्माष्टमीको पूर्वसन्ध्यामा भएको यस दुखद घटनाले सम्पूर्ण जयगढ शोकमग्न बनेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  २ : १८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली