भूमि सम्बन्धी ऐन संशोधन विधेयक अध्ययन गर्न थप समय माग « Khabarhub

भूमि सम्बन्धी ऐन संशोधन विधेयक अध्ययन गर्न थप समय माग


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदन अध्ययनका लागि समय माग गरेका छन् । 

सिंहदरबारमा शनिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसद्हरूले उक्त विधेयकको प्रारम्भिक प्रतिवेदन अध्ययनका लागि समय माग गरेका हुन् । सरकारले तयार गरेको विधेयकको प्रारम्भिक प्रतिवेदनमाथि अध्ययनका लागि समय माग गरेपछि समितिको बैठक केहिबेर बसेर स्थगित भएको थियो ।

प्रतिवेदनमाथि छलफल गरेर पारित गर्नका लागि बैठक बोलाएपछि केही दफाहरूमा सांसदहरूले असन्तुष्टि जनाउँदै थप अध्ययन गर्नुपर्ने बताएका थिए । त्यसपछि अध्ययनका लागि बैठक स्थगित गरिएको समिति सभापति कुसुमदेवी थापाले जानकारी दिए ।

समिति सदस्यहरूले विधेयकमा उल्लेख केही विषयहरूमा संशोधनकर्तासँग समेत थप छलफल गर्नुपर्ने आवश्यकता देखिएको जनाएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ३ : २१ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स