भूमि सम्बन्धी ऐन संशोधन विधेयक अध्ययन गर्न थप समय माग « Khabarhub

भूमि सम्बन्धी ऐन संशोधन विधेयक अध्ययन गर्न थप समय माग


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदन अध्ययनका लागि समय माग गरेका छन् । 

सिंहदरबारमा शनिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसद्हरूले उक्त विधेयकको प्रारम्भिक प्रतिवेदन अध्ययनका लागि समय माग गरेका हुन् । सरकारले तयार गरेको विधेयकको प्रारम्भिक प्रतिवेदनमाथि अध्ययनका लागि समय माग गरेपछि समितिको बैठक केहिबेर बसेर स्थगित भएको थियो ।

प्रतिवेदनमाथि छलफल गरेर पारित गर्नका लागि बैठक बोलाएपछि केही दफाहरूमा सांसदहरूले असन्तुष्टि जनाउँदै थप अध्ययन गर्नुपर्ने बताएका थिए । त्यसपछि अध्ययनका लागि बैठक स्थगित गरिएको समिति सभापति कुसुमदेवी थापाले जानकारी दिए ।

समिति सदस्यहरूले विधेयकमा उल्लेख केही विषयहरूमा संशोधनकर्तासँग समेत थप छलफल गर्नुपर्ने आवश्यकता देखिएको जनाएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ३ : २१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले