रविलाई काठमाडौं ल्याउने तयारी, सशस्त्र र नेपाल प्रहरी परिचालन « Khabarhub

रविलाई काठमाडौं ल्याउने तयारी, सशस्त्र र नेपाल प्रहरी परिचालन


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने तयारी गरिएको छ । लामिछानेलाई सरुवा गर्नका लागि प्रहरीको टोली जिल्ला कारागार कार्यालय रुपन्देहीमा तयारी अवस्थामा छ ।

लामिछानेले कारागार विभागमा दिएको निवेदनका आधारमा उनलाई कारागार सरुवा गर्ने विभागले शुक्रबार निर्णय गरेको कारागार व्यवस्थापन विभागकी निर्देशक कल्पना घिमिरे नेपालले जानकारी दिएकी थिइन् । जिल्ला कारागार रुपन्देहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ । उनलाई विमानमार्फत काठमाडौं ल्याउन लागिएको बताइए पनि समय निश्चित गरिएको छैन ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ३ : ५३ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात