निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : मन्त्री पाण्डे « Khabarhub

निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : मन्त्री पाण्डे


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भैरहवा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनबारे आज सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाले आयोजना गरेको छलफलमा मन्त्री पाण्डेले निजी क्षेत्रलाई निषेध गर्न नमिल्ने उल्लेख गरे । 

उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी सञ्चालन गर्न लागि आफू लागेको पनि उल्लेख गरे। 

‘विमानस्थल सञ्चालनको जिम्मा पनि निजी क्षेत्रलाई दिने विषयमा छलफल भएको छ’ उनले भने, ‘सुरक्षा, अध्यागमनलगायत विषय सरकार मातहत आउने भएकाले निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्छ ।’

मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन पर्यटनमन्त्रीको मात्रै चाहनाले सम्भव नहुने उल्लेख गर्दै सबै पक्षको सहयोग आवश्यक भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमै हुने भारत भ्रमणको क्रममा हवाई रुट परमिट, नेपालका दुई विमानस्थल सञ्चालनको विषय प्राथमिकताका साथ उठाउने गरी काम भइरहेको बताए। 

त्यस अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले विमानस्थल सञ्चालन हुन नसक्नु दुःखद भएको बताए। काठमाडौँमा उडान चापले हवाइमार्ग अवरुद्ध भइरहँदा विमानलाई भैहरवामा अवतरण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। 

नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य राजेशकुमार अग्रवाल र सिद्धार्थ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवा र पोखरास्थित विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने धारणा राखे । 

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल चल्छ की चल्दैन रु भन्ने कुरा सरकारले प्रस्ट पार्न आवश्यक रहेको बताए। ‘हामीलाई सधैं निराशामा राख्न हुँदैन, विमानस्थल चलाउन सकिँदैन भने सक्दैनौं भन्नुपर्छ’, उनले भने। 

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यात्रुलाई थप सुविधा नदिँदासम्म विमानस्थल सञ्चालनमा कठिनाइ हुने बताए।  ‘श्रम, भिसा र म्यानपावरका लागि काठमाडौँ धाउन परेपछि यहाँ यात्रु किन आउँछन् ? पहिला यी समस्या समाधान गर्नुपर्छ’, उनले भने ।

उनले यसअघि केही समय उडान भरेका जजिरा र थाई एयर एसियाले ७७ प्रतिशत यात्रु पाउँदा नियमितता दिन नसकेको जनाए । तत्कालका लागि नेपाल एयरलाइन्सबाट भए नियमित उडान गर्नुपर्नेमा उनको जोड छ । 

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ४ : २६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी