राष्ट्रपति पौडेलद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका छन् । त्यसपश्चात् उनलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गरेका थिए । साथै राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए ।

राष्ट्रपतिलाई मन्दिर परिसरमा ललितपुरबाट निर्वाचित सङ्घीय संसद्का सदस्य, वाग्मती प्रदेशका कृषिमन्त्री मधुसूदन पौडेल, वाग्मती प्रदेशसभा सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकाल, महानगरउपप्रमुख मञ्जली शाक्य बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरे, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायत नगरवासीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ४ : ४३ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना